भाद्र ३, २०८२ बुधबार | १३:०३:३८
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली
शनिबारको दिन

जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर

काठमाडौं । नेपाली महिला फुटबल टोली अहिले एउटा दुर्लभ अवसर नजिक छ । त्यो हो, पहिलो पटक छनोट चरण पार गरेर एएफसी एसियन कपमा पुग्ने । जुन २९ (भोलि) देखि हुने एएफसी एसियन कप छनोटमा समूह ‘एफ’मा नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग खेल्दै छ । व्यावहारिक हिसाबमा भन्ने हो भने घरेलु टोली उज्वेकिस्तानलाई हराएको खण्डमा नेपालले इतिहास रच्न सक्छ । यो यस्तो अवसर हो, जसले नेपाली फुटबलको नक्सा बदल्न सक्छ ।

भनिन्छ नि मौका आउँछ, फेरि फर्किंदैन । सायद आउने दिनमा नेपाली टोलीसामु यस्तो सहज अवसर बिरलै आउने छ । फेरि अबको दिनमा यति गजबको नेपाली टोली अपेक्षा गर्न पनि त सकिँदैन । पछिल्लो केही वर्ष नेपाली महिला फुटबल ‘गोल्डेन जेनेरेसन’को प्रदर्शनमा रमिरहेको छ । भन्नेले के पनि भन्छन् भने नेपालमा अब यत्तिको टिम जन्मँदैन । अबको पाँच वर्षपछि टोलीमा एक युगको परिवर्तन हुने सम्भावना बढी छ । त्यसैले उज्वेकिस्तानको तास्केन्दमा नेपाली टोली ‘गर या मर’को अवस्थामा हुनेछ ।

एएफसी एसियन कप छनोट प्रतियोगितामा नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा १००औं खेलको कोसेढुंगा पार गर्दैछ । सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको नेपालले त्यसपछि १९८९ र १९९९ को संस्करण खेल्यो । जतिबेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनोट हुने गर्थे ।

तास्केन्द, उज्वेकिस्तानमा दोस्रो अभ्यास सत्र सकिएपछि नेपाली टोलीको सामूहिक तस्वीर, तस्वीर सौजन्यः एनएसजेएफ ।

यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।

सन् २००६ मा अस्ट्रेलियामा भएको १५औं संस्करणदेखि छनोट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो । अघिल्लो संस्करण नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग पराजय बेहोरेको थियो । जसका कारण एसियन कप पुग्न नेपालले थप चार वर्ष कुर्नुपरेको हो ।

यो ४० वर्षे इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जन फाइनल खेलेको छ । यी सबै अवसरमा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको छ ।

एसियन कप/विश्वकपमा स्थान बनाउन महिला फुटबलमा जति सहजता छ, पुरुष फुटबलमा त्यो सौभाग्य प्राप्त गर्न सकिन्न । महिला फुटबलमा त ‘जित्यो कि पुग्यो भन्ने अवस्था छ । उज्वेकिस्तानमा राम्रो गर्न इतिहास रच्न सके नेपालले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा स्थान बनाउने छ । यो भनेको २०२७ मा ब्राजिलमा हुने फिफा विश्वकपको १०औं संस्करणको नतिजासम्म पुग्नु हो ।

साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता बनेको नेपाली टोलीको सामुहिक तस्वीर, तस्वीरः सरोज सापकोटा/खेलाडी 

अस्ट्रेलिलयामा १२ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । सिंगल राउन्ड रोबिन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष दुई र थप दुई उत्कृष्ट तेस्रो स्थानको टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छ । यी आठ टोलीमध्ये ६ टोलीले स्वतः ब्राजिलको टिकट काट्नेछ । अनि बाँकी दुई टोलीले अन्तर महासंघ प्लेअफमा एसियाको प्रतिनिधित्व गर्नेछ । त्यसमा सफलता हासिल गरे यी टोलीले पनि विश्वकप खेल्नेछ ।

नेपालको पछिल्लो अवस्था हेरेर नेपाली समर्थकलाई नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड धैर्य गर्न आह्वान गर्छन् ।

पछिल्लो एक वर्ष घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा बाक्लो एक्सपोजर पाएको नेपाली टोलीले एसियन कप र विश्वकपमा पुग्न यो भन्दा ठूलो अवसर पाउने छैन । किनभने समूह ‘एफ’मा नेपाल फिफा वरीयतामा उज्वेकिस्तानपछिको बलियो टोली हो । यी दुवैको भेट समूह चरणको अन्तिम खेलमा हुनेछ । जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । अर्को दुवै टोलीले अहिलेसम्म छनोट चरण पार गरेर एएफसीको प्रतियोगिता खेलेका छैन ।

नेपाली टोलीले उज्वेकिस्तान भ्रमणको तयारीस्वरुप चार साताअघि तुलनात्मक रूपमा बलियो थाइल्यान्डसँग मैत्रीपूर्ण खेल्यो । जुन खेलमा नेपाल २-० ले पराजित भयो । त्यसअघि पनि नेपालले ‘क्लोज डोर’मा थाइल्यान्डसँग अनौपचारिक अभ्यास खेल खेलेको थियो । त्यसमा पनि नतिजा नेपालको पक्षमा आएको थिएन । पछिल्ला ४ खेलमा नेपालले एक बराबरी र तीन हार बेहोरेको छ । नेपालको पछिल्लो अवस्था हेरेर नेपाली समर्थकलाई नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड धैर्य गर्न आह्वान गर्छन् ।

तास्केन्द, उज्वेकिस्तानमा नेपाली टोली दोस्रो अभ्यास सत्रमा व्यस्त, तस्वीर सौजन्यः एनएसजेएफ ।

उज्वेकिस्तान प्रस्थान गर्नु अगाडि बिदाइ कार्यक्रममा प्रशिक्षक डे वाइल्डले भने, ‘खेलाडी छनोट प्रतियोगिताका लागि मोटिभेटेड छन् । सबै एकजुट भएर अगाडि बढिरहेका छौं । तर, हामीले सुरुआती दुई खेललाई कम आँकलन गर्न मिल्दैन । पछिल्लो चार खेलमा हामीले जित हासिल गर्न सकेका छैनौं । त्यसैले श्रीलंका र लाओसविरुद्ध ढुक्क हुन सक्ने स्थिति छैन । त्यसैले अहिले नै उज्वेकिस्तानका बारेमा सोच्नु लापरबाही हुनेछ ।’

कप्तान एन्जिला तुम्बापो सुब्बा उज्वेकिस्तानको यो दुर्लभ अवसरलाई खेर फाल्न चाहँदैनन् । उनलाई थाहा छ नेपाली टोली विश्वकपको ढोका ढकढक्याउन कति नजिक छ भन्ने ।

नेपाली टोली अहिले उज्वेकिस्तानको तास्केन्दमा अन्तिम तयारी गरिरहेको छ ।  टोलीका प्रमुख खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारी यो अवसर नयाँ पुस्तालाई नयाँ बाटो देखाउने माध्यमका रूपमा लिन्छिन् । ‘एसियन कपमा पुग्न हामी मेन्टल्ली तयार छौं । खेलाडी सबैमा रिजल्टप्रतिको भोक छ,’ सावित्रा भन्छिन्, ‘हामीमाझ यो अवसरलाई क्यास गरे नयाँ बाटो देखाउने समय आएको छ ।’

कप्तान एन्जिला तुम्बापो सुब्बा उज्वेकिस्तानको यो दुर्लभ अवसरलाई खेर फाल्न चाहँदैनन् । उनलाई थाहा छ नेपाली टोली विश्वकपको ढोका ढकढक्याउन कति नजिक छ भन्ने । भन्छिन्, ‘अबको चार वर्ष हामी कता हुन्छौं थाहा छैन । अहिले राम्रो मौका छ । टिम स्पिरिट राम्रो छ । चार वर्षपछि के थाहा ? खेल्न पाउने हो कि होइन ।’