असार २२, २०८२ आइतबार | १०:३९:५२
नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो
शनिबारको दिन नेपाली फुटबल

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल नभएको वर्ष

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीले आधिकारिक र अनाधिकारिक गरी वर्ष २०८१ मा कुल सात अन्तर्राष्ट्रिय फुटबल खेल खेल्यो । सातवटै खेल विदेशी भूमिमा भयो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले २०८० को चैतमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भएको भनी प्रतिवेदन दिएको थियो । मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा मापदण्ड पूरा नहुँदा दशरथ रंगशालामा आयोजना हुनुपर्ने फिफा र एएफसीको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका खेलहरू नेपालले विदेशी भूमिमा खेल्नुपरेको थियो । 

नेपालले दोस्रो चरणअन्तर्गत चैत ८ गते बहराइनविरुद्धको चौंथो खेल र २०८१ को जेठ २४ गते संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको छैटौं खेल विपक्षीको घरेलु मैदानमा खेल्यो ।

 मलेसियाविरुद्धको खेल पनि दशरथ रंगशालामै हुने तालिका थियो । तर, एएफसीका प्रतिनिधिले रंगशालामा खेलाउन पुनःअयोग्य साबित गरेपछि पहिलो लेग मलेसिया सरेको हो ।

बहराइन र युएईबीचको छनोट खेलको बीचमा नेपालले वैशाखमा इङ्ल्यान्डको ‘सी’ टोलीविरुद्ध अनाधिकारिक मैत्रीपूर्ण खेल खेलेको थियो । २-० को हार बेहोरेको उक्त खेल नेपालले वर्ष २०८१ मा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

फिफा विश्वकप र एएफसी एसिया कपको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत यमनविरुद्धको पहिलो लेगमा नेपालको पहिलो रोजाई, तस्विर सौजन्यः एन्फा ।

युएईसँग ४-० ले पराजित भएको नेपालले पाँच दिनपछि छनोटको अन्तिम खेलमा यमनविरुद्ध २-२ को बराबरी खेल्यो । संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका ६ खेलमा मात्र एक अंक जोडेको नेपाल समूहको पुछारमा रह्यो । योसँगै नेपालको फिफा विश्वकप २०२६ पुग्ने लक्ष्य समाप्त भएको थियो । यमनविरुद्धको खेल तत्कालीन मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको नेतृत्वमा नेपालले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।

एनेसपछि घरेलु फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी लिए । न्यौपानेको नेतृत्वमा नेपाली टोलीले कात्तिक अन्तिम/मंसिर पहिलो साता ताजकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेल्यो । ताजकिस्तानसँग ४-० ले पराजित हुँदा नेपालले १३ वर्षपछि अफगानिस्तानलाई हरायो । नेपालले अफगानिस्तानविरुद्ध २-० को विजय हासिल गरेको थियो । ताजकिस्तान भ्रमणको तीन महिनापछि एन्फाले फागुन तेस्रो साता अस्ट्रेलियन मूलका म्याट रसलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।

 फेरि पनि रंगशाला अयोग्य ठहरिए नेपाली समर्थकले एन्फालाई कहिल्यै माफी दिने छैनन् । 

फिफा विश्वकप र एएफसी एसिया कपको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत यमनविरुद्ध नेपाल, तस्विर सौजन्यः एन्फा ।

नयाँ प्रशिक्षकको जिम्मेवारी प्राप्त गरेको तीन सातापछि रसले टोलीसँग पहिलो अन्तर्राष्ट्रिय भ्रमण गरे । फिफा र एएफसीको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणबाट बाहिरिएको नेपालसँग एसिया कप २०२७ मा स्थान बनाउने अन्तिम मौका छ । नेपालले छनोटको अन्तिम चरणमा भियतनाम, मलेसिया र लाओससँग एसिया कप पुग्न चुनौती पेस गरिरहेको छ । यही यात्राको पहिलो चक्रअन्तर्गत नेपालले चैतको पहिलो साता मलेसिया भ्रमण गर्यो । अन्तिम चरणको सुखद सुरुआतका लागि नेपालले सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्यो । जसमा नेपालले १-० को ऐतिहासिक विजय पायो । ४३ वर्षमा नेपालले सिंगापुरलाई पहिलो पटक हराएसँगै नेपालले ऐतिहासिक उपलब्धि प्राप्त गरेको हो ।

खासमा मलेसियाविरुद्धको खेल पनि दशरथ रंगशालामै हुने तालिका थियो । तर, एएफसीका प्रतिनिधिले रंगशालामा खेलाउन पुनःअयोग्य साबित गरेपछि पहिलो लेग मलेसिया सरेको हो । मलेसियामा नेपाली टोलीले २-० को हार बेहोर्यो ।

फिफा विश्वकप र एएफसी एसिया कपको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत यमनविरुद्धको खेल हेर्न उपस्थित नेपाली समर्थक, तस्विरः केशव कट्वाल/खेलाडी ।

वर्ष २०८२ मा नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्नेछ । प्रतियोगिता असार ८ गते देखि सुरु हुनेछ । साफ च्याम्पियनसिप सुरु हुनुभन्दा १२ दिनअगाडि जेठ २७ गते टोलीले लाओसविरुद्ध एसिया कप छनोटको आफ्नो दोस्रो खेल खेल्नेछ । साफ च्याम्पियनसिपपछि नेपालले छनोटका बाँकी चार खेल खेल्ने तालिका छ । यी सबै खेल वर्ष २०८२ मै हुनेछ । जसमध्ये तीन खेल दशरथ रंगशालामा हुने तालिका छ । अझ मलेसियाविरुद्धको दोस्रो लेग दशरथ रंगशालामा गराउन सके नेपालले चार खेल घरेलु भूमिमा खेल्नेछ । नेपालले लाओसविरुद्धको दोस्रो लेग चैत १७ गते दशरथ रंगशालामा खेल्दै वर्ष २०८२ को अन्त्य गर्नेछ ।

यी खेलका लागि फेरि पनि रंगशाला अयोग्य ठहरिए नेपाली समर्थकले एन्फालाई कहिल्यै माफी दिने छैनन् ।