असार २२, २०८२ आइतबार | ११:४६:३६
नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको एसियन कप पुग्ने सपना समाप्त नेपाल र उज्वेकिस्तानको भविष्य पेनाल्टी सुटआउटबाट निर्धारण हुने उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक, नेपाल खेलमा फर्कियो पहिलो हाफमा नेपाल दुई गोलले पछाडि विश्व ब्याडमिन्टन दिवस नेपालमा पनि मनाइयो
शनिबारको दिन विश्व फुटबल

विश्वकप फुटबल र ट्रम्पको नीति

काठमाडौं । अबको १४ महिनामा उत्तरी अमेरिकाले चौथो पटक फिफा पुरुष विश्वकप फुटबल संस्करण आयोजना गरिरहेको हुनेछ । फिफा विश्वकपको २३औं संस्करण अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

विश्वकपको मिति नजिकिँदै जाँदा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फुटबलको कुम्भमेलाको तयारीका लागि कार्यदल गठन गरेका छन् ।

यो कार्यदल गठन गर्नुको मुख्य उद्देश्य हो, प्रतियोगिताका सह-आयोजकबीच निम्तिएको व्यापार तनावका बावजुद संयुक्त राज्य अमेरिका विश्वकप आयोजनालाई तयार छ भनेर सुनिश्चित गर्नु ।

गत नोभेम्बरमा सम्पन्न चुनावमा डोनाल्ड ट्रम्पले निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो पटक निर्वाचित भएका थिए । जनवरी २०, २०२५ मा पदभार ग्रहण गर्दै ट्रम्पले आफ्नो दोस्रो कार्यकालका सुरु गरेका थिए ।

 १०४ मध्ये ७८ खेल अमेरिकामा खेलिनेछ भने मेक्सिको र क्यानाडामा समान १३ खेल हुनेछ । फाइनल जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ रंगशालामा हुनेछ । 

आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले मेक्सिको क्यानडा र चीनजस्ता प्रमुख व्यापारिक साझेदारहरूरूमा नयाँ कर शुल्क लगाउनेसहित धेरै महत्त्वपूर्ण नीतिहरू सुरु गरेका छन्, जसले गर्दा नयाँ व्यापार युद्ध र विश्वव्यापी आर्थिक अनिश्चितता निम्तिने खतरा बढेको छ ।

लागूऔषध तस्करी र आप्रवासन जस्ता मुद्दाहरूलाई न्युनिकरण गर्ने उद्देश्यसहित गत साता मात्र ट्रम्पको नेतृत्वमा रहेको अमेरिकी सरकारले मेक्सिको र क्यानाडाबाट आयात गरिएका सामानमा २५ प्रतिशत कर लगायो । जसले सबै आम फुटबलप्रेमीको ध्यान तानेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  (दायाँ) र फिफा अध्यक्ष जियानी इन्फान्टिनो ।

जहाँ आर्थिक अनिश्चितताले आसन्न विश्वकपमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । तर क्यानाडा र मेक्सिकोबीचको राजनीतिक र आर्थिक तनाबकाबीच पनि प्रतियोगिता राम्रो हुने राष्ट्रपति ट्रम्पको बुझाइ छ ।

‘मलाई लाग्छ यसले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने छ,’ आयोजक राष्ट्रका नेताहरूबीचको चिसोपनबीच विश्वकप खेल्ने कुरामा ट्रम्पले धारणा राखे, ‘तनाव राम्रो कुरा हो ।’

ट्रम्पको अध्यक्षतामा रहेको कार्यदलले संघीय सरकारको सुरक्षा र प्रतियोगिताको योजनाको समन्वय गर्नेछ । यो समन्वयले लाखौं पर्यटकलाई अमेरिका, क्यानाडा र मेक्सिकोमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

विश्वकप आयोजनाको दुई वर्षपछि ट्रम्प प्रशासनले विश्वव्यापी खेलकुद मञ्चमा दोस्रो परीक्षाको सामना गर्नेछ । २०२८ मा क्यालिफोर्नियामा ग्रीष्मकालीन ओलम्पिक हुनेछ । 

महादेशभर विश्वकपको तयारी जोडतोडले सुरु भइरहँदा अमेरिका र छिमेकी देशहरूबीच तनाव पनि उत्तिकै बढ्दै गएको छ । ट्रम्पले बारम्बार कर लगाउने धम्की दिँदै आएका छन्, जसले बजारलाई चिन्तित बनाएको छ । यसले गर्दा व्यापार युद्ध र आर्थिक मन्दीको डर बढ्दै गएको छ ।

आफ्नो राजनीतिक यात्रामा आलोचना र चर्चाको केन्द्रमा रहँदै आएका ट्रम्पले यसबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोका बारेमा नकारात्मक टिप्पणी पनि गरेका छन् । ट्रम्पले क्यानमडा अमेरिकाको हिस्सा बनेको बारेमा मजाक उडाएका थिए । यसले क्यानाडाका जनतालाई आफ्नो देशप्रति अझ गर्व महसुस गराएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  (दायाँ) र फिफा अध्यक्ष जियानी इन्फान्टिनो ।

आसन्न विश्वकपमा पहिलो पटक ४८ टोलीको सहभागिता रहनेछ । यी ४८ टोलीले कुल १०४ खेल खेल्नेछन् । अर्को कुरा इतिहासमै पहिलो पटक तीन देशमा विश्वकपको आयोजना गरिँदैछ । १०४ मध्ये ७८ खेल अमेरिकामा खेलिनेछ भने मेक्सिको र क्यानाडामा समान १३ खेल हुनेछ । फाइनल जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ रंगशालामा हुनेछ । 

विश्वकप आयोजनाको दुई वर्षपछि ट्रम्प प्रशासनले विश्वव्यापी खेलकुद मञ्चमा दोस्रो परीक्षाको सामना गर्नेछ । २०२८ मा क्यालिफोर्नियामा ग्रीष्मकालीन ओलम्पिक हुनेछ । २६ वर्षपछि अमेरिकाले पहिलो पटक ओलम्पिकको आतिथ्यता गर्न लागेको हो । यसअघि २००२ मा साल्टलेक सिटीमा विन्टर ओलम्पिकको आयोजना भएको थियो ।

फिफा विश्वकप दोस्रो पटक संयुक्त राज्य अमेरिकामा हुन लागेको हो । यसअघि १९९४ मा अमेरिकाले विश्वकपको १५औं संस्करण आयोजना गरेको थियो । उक्त संस्करणमा कुल २४ टोलीले सहभागिता जनाएका थिए । यसपालि सहभागी राष्ट्रको संख्या त्यसको दुई गुणा हुनेछ । यो चुनौतीका लागि राष्ट्रपति ट्रम्प तयार छन् ।