पुस २७, २०८१ शनिबार | ०३:२२:४८
प्रिमियर लिगमा ‘प्रेसिङ’ले कोरेको सीमा आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपः यसरी छनोट भए प्रतिस्पर्धी इङ्ल्यान्डमा प्रशिक्षक बर्खास्त गर्ने एक बहाना विश्वको शक्तिशाली मुलुक चीनको फुटबल भने संकटतिर संन्यास लिने बेलाका रोहित र कोहलीको स्टारडम कहिलेसम्म ? एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने मेयर कप भेट्रान फुटबलको क्वार्टरफाइनल समीकरण पूरा आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी बुटवल कालिकालाई उपाधि विश्वकप खेल्न भारत जाने खो-खो टोलीको बिदाइ प्रिमियर लिगमा ‘प्रेसिङ’ले कोरेको सीमा आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपः यसरी छनोट भए प्रतिस्पर्धी इङ्ल्यान्डमा प्रशिक्षक बर्खास्त गर्ने एक बहाना विश्वको शक्तिशाली मुलुक चीनको फुटबल भने संकटतिर संन्यास लिने बेलाका रोहित र कोहलीको स्टारडम कहिलेसम्म ? एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने मेयर कप भेट्रान फुटबलको क्वार्टरफाइनल समीकरण पूरा आइटिएफ एसिया यु-१४ डेभ्लपमेन्ट च्याम्पियनसिपमा चार नेपाली खेलाडी बुटवल कालिकालाई उपाधि विश्वकप खेल्न भारत जाने खो-खो टोलीको बिदाइ
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगमा ‘प्रेसिङ’ले कोरेको सीमा

काठमाडौं । फुटबलमा प्रेसिङको इतिहास खोजियो भने सन् १९६० तिर पुगिन्छ । यद्यपि यसको लोकप्रियता भने पछिल्लो दशकमा मात्र बढेको हो । एउटा टिमले बल आफ्नो पक्षमा नहुँदा कसरी खेल्छ ? लामो समय यो पक्षमा ध्यान दिइएन । जबकि जोसुकैले पनि खेलको लगभग आधा समय त बल छुनै पाउँदैन, बल विपक्षीको नियन्त्रणमा रहन्छ । ध्यान केवल यो पक्षमा मात्र दिइयो, बल आफ्नो नियन्त्रणमा हुँदा एउटा टिमले कसरी खेल्छ ?

कुरा लगभग २०औं शताब्दीको पछिल्ला वर्षहरूको हो । जब आरिगो साची युरोपेली क्लब फुटबलमा उदाए । यो समयमा नाम चलेका अर्का प्रशिक्षक थिए, भालेरी लोबानोभोस्की । यी दुईलगायत प्रशिक्षकहरूले चाहिँ प्रेसिङको महत्त्व बुझेका थिए । प्रेसिङ मतलब विपक्षी खेलाडीबाट बल खोस्ने प्रयास गर्ने वाउसलाई उसले चाहेको ठाउँमा पास दिनबाट रोक्ने ।

इङ्लिस प्रिमियर लिगमा प्रेसिङको अवधारणा अँगाल्ने सुरुवाती चरणका प्रशिक्षकमध्ये एक हुन्, माउरिसियो पोचेटिनो । प्रिमियर लिगको यात्रा साउथह्याम्पटनबाट सुरु गर्न उनी त्यहाँ प्रेसिङको अवधरणाका साथ पुगेका थिए । 

सन् २०१६ मा आइ पुगेर इङ्ल्यान्ड फुटबल संघ (एफए) ले निक्र्योल निकाल्यो, हामीसँग त्यस्ता प्रशिक्षकहरूको कमी छ, जो कलिला खेलाडीलाई अभ्यास गराउँदा प्रेसिङ र डिफेन्डिङमा मात्र केन्द्रित रहुन् । यो भूमिकालाई त्यसबेला ‘आउट अफ पोसेसन’ को नाम दिइयो ।

त्यसपछिका वर्षहरूमा नवप्रशिक्षकहरूको हकमा ‘आउट अफ पोसेसन’ एउटा फरक विशेषज्ञताका रूपमा देखा परेको छ । जसरी अचेल प्रशिक्षकहरु ‘सेट पिस’ वा ‘पेनाल्टी’ स्पेसलिस्ट बन्ने गरेका छन् । आधुनिक फुटबलका यी आयामबारे थाहा पाउनु, जान्नु स्थापित प्रशिक्षकका लागि पनि अनिवार्य हो । यो नयाँ प्रवृत्तिको बहावसँग जो प्रशिक्षक जोडिएन, ऊ निश्चय पनि पछि पर्ने सम्भावना रहन्छ ।

प्रेसिङमा पोचेटिनो

पिएसजीको प्रशिक्षक रहँदा  माउरिसियो पोचेटिनो ।

इङ्लिस प्रिमियर लिगमा प्रेसिङको अवधारणा अँगाल्ने सुरुवाती चरणका प्रशिक्षकमध्ये एक हुन्, माउरिसियो पोचेटिनो । प्रिमियर लिगको यात्रा साउथह्याम्पटनबाट सुरु गर्न उनी त्यहाँ प्रेसिङको अवधरणाका साथ पुगेका थिए । उनको नेतृत्वमा साउथह्याम्पटन प्रिमियर लिगका २० टिममध्ये विपक्षीलाई सबैभन्दा बढी मात्रामा प्रेस गर्ने टिम थियो  माउरिसियो पोचेटिनो

सन् २०१४ मा टोटनहमको प्रशिक्षक बनेका उनले त्यहाँ पनि आफ्नो शैली लागू गराए । पोचेटिनोको प्रशिक्षणमा टोटनहम आक्रामक टिममा रूपान्तरित भएको थियो । फेरि यो टिममा प्रतिभाशाली फरवार्डहरू भएकाले पनि पोचेटिनोलाई आफ्नो रणनीति अवलम्बन गर्न अप्ठ्यारो भएन ।

सामान्यतयाः एउटा टिमले विपक्षीलाई मैदानको ६० प्रतिशत भागमा प्रेस गर्छ । यो ६० प्रतिशतमा विपक्षीको ‘हाफ’ मतलब मैदानको आधा हिस्सा र आफ्नो भागमा पर्ने सेन्ट्रल सर्कल रहन्छ । मैदानको यी भागहरूमा पोचेटिनोका खेलाडीहरूले विपक्षीलाई असाध्यै दुःख दिन्थे । विपक्षीको डिफेन्सिभ थर्ड (सामान्य भाषामा भन्दा उनीहरूको प्रभुत्व रहनुपर्ने क्षेत्र) मा पुगेर उनीहरूलाई गल्ती गर्न बाध्य तुल्याउने योजनामा पोचेटिनो र उनका खेलाडी हुन्थे ।

जब विपक्षी बल खोस्न साथ बल लिएर काउन्टर अट्याकका लागि मुभ बनाउँदै गर्छ, तब उसलाई प्रेस गरेर तत्काल बल खोस्ने । गेगेन प्रेसिङमा हुने यही हो ।  

सन् २०१९ को च्याम्पियन्स लिग फाइनलमा टोटनहम लिभरपुलसँग भिडेको थियो । ४-३-३ को संरचनामा खेलेको टोटनहमले लिभरपुललाई मैदानको मध्यभागबाट आफ्नो क्षेत्रतिर आउनबाट रोक्ने रणनीति बनाएको थियो । मैदानको मध्यभागमा टोटनहमको प्रेसिङको सामना गर्दै उसलाई लिभरपुलले केही तल धकेलेको थियो । यद्यपि यति हुँदाहुँदै पनि टोटनहमले लिभरपुललाई मैदानको मध्यभागबाट धावा बोल्न भने दिएन ।

विपक्षी खेलाडीले कुन भागमा बल नियन्त्रणमा राखिरहेका छन्, पोचेटिनोको टिमको प्रेसिङ यसमै निर्भर रहन्थ्यो । त्यस अनुसार विपक्षी खेलाडीलाई तत्काल प्रेस गर्ने, त्यस्तोमा उसले बल क–कसलाई दिन सक्छन्, ती खेलाडीहरूलाई पनि प्रेस गर्ने र यसो गर्दा आफ्नो रक्षात्मक आकारलाई बरकरार राख्ने, पोचेटिनोको प्रेसिङ अवधराणा यही हुने गथ्र्यो ।

क्लोपको गेगेन प्रेसिङ

योर्गन क्लोप ( बायाँ) र पेप ग्वार्डिओला । 

जब योर्गन क्लोप लिभरपुलको प्रशिक्षकमा नियुक्त भए, उनले यो टिमलाई काउन्टर प्रेसिङमा केन्द्रित गराए । जसलाई गेगेन प्रेसिङ भनियो । जब बल विपक्षीलाई खोसाउन साथ आक्रामक भएर बल फिर्ता ल्याउन प्रेस गरिन्छ भने त्यो गेगेन प्रेसिङ हो ।

जब विपक्षी बल खोस्न साथ बल लिएर काउन्टर अट्याकका लागि मुभ बनाउँदै गर्छ, तब उसलाई प्रेस गरेर तत्काल बल खोस्ने । गेगेन प्रेसिङमा हुने यही हो ।  

क्लोप हुन्जेल लिभरपुलले गेगेन प्रेसिङलाई छाडेन । क्लोप नेतृत्वको लिभरपुलको प्रेसिङलाई मुख्यतः तीन भागमा विभाजित गर्न सकिन्छ । पहिलो, क्लोपको सुरुवाती वर्षमा लिभरपुलले सामूहिक प्रेसिङलाई प्राथमिकतामा राख्यो । बीचका वर्षहरूमा बढीभन्दा बढी पोसेसन राख्न खोज्ने टिम बनेको लिभरपुलको प्रेसिङ खेलाडी केन्द्रित भयो । मतलब एक पटकमा एक खेलाडीले प्रेस गर्ने ।

इङ्ल्यान्डमा प्रेसिङका फरक-फरक शैली प्रयोगमा आउने क्रम बढ्दा स्कटल्यान्डमा थिए आन्ज पोस्टेकोग्लु । उनी सेल्टिकमा म्यान टु म्यान प्रेसिङको अवधारणा नयाँ शिराबाट स्थापित गराउँदै थिए ।

क्लोप कालको अन्त्यतिर लिभरपुलको प्रेसिङ भुत्ते बन्न थालेको थियो । यसको कारण थियो, लिभरपुलको गेगेन प्रेसको सामना गर्न विपक्षी टिमहरू सक्षम हुनु । विशेषगरी रोबर्टो डी जिब्रीको प्रशिक्षणमा खेल्दै गरेको ब्राइटनले लिभरपुलको गेगेन प्रेसिङलाई पन्छाउन सफल भयो । लिभरपुल जस्तो हाइप्रेस खेल्ने टिमसँग भिड्दा ब्राइटनका प्रशिक्षकको रणनीति यही हुन्थ्यो, जब विपक्षी खेलाडी आफ्ना खेलाडीलाई प्रेस गर्न आउँछन्, त्यसबेला तिनी वरपर खेलाडीको मात्रा बढाउने ताकि तिनले सहजै आफ्ना साथीलाई पास दिन सकुन् ।

लिभरपुलमा क्लोप रहँदा टोटनहममा भने तीन पटक प्रशिक्षक फेरिए । जोसे मोउरिन्हो, नुनो इस्प्रिटो सान्टो र एन्टोनियो कान्टे । प्रिमियर लिगले अँगालेको जटिलताले सबैभन्दा धेरै असर मोउरिन्होलाई पुर्यायो । आफ्ना् पक्षमा बल नहुँदा विपक्षीको सामना गर्न प्रेसिङको विकल्प अपनाउन प्रिमियर लिगका धेरै प्रशिक्षक केन्द्रित हुँदा मोउरिन्हो भने आफ्नो पुरानो शैलीमै अल्झिए ।

लिभरपुल र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै  । 

इङ्ल्यान्डमा प्रेसिङका फरक-फरक शैली प्रयोगमा आउने क्रम बढ्दा स्कटल्यान्डमा थिए आन्ज पोस्टेकोग्लु । उनी सेल्टिकमा म्यान टु म्यान प्रेसिङको अवधारणा नयाँ शिराबाट स्थापित गराउँदै थिए । लाग्थ्यो प्रिमियर लिगका धेरै प्रशिक्षकभन्दा पोस्टेकोग्लुको प्रेसिङ अवधारणा अब्बल छ । कतिले त उनी आफ्नो समयकाल भन्दा अगाडि छन् भन्न पनि भ्याए ।

उसो त म्यान टु म्यान प्रेसिङको जरा सन् १९६० दशकको फुटबलसँग जोडिएको छ । त्यसबेला यो शैलीको प्रेसिङलाई रुचाइन्थ्यो । किनकि यसले विपक्षी खेलाडीलाई बल कसलाई पास दिने भन्नेमा अलमल्याउँथ्यो ।

टोटनहम आएपछि पनि पोस्टेकोग्लुले आफ्नो प्रेसिङ रणनीति त्यागेका छैनन् । र उनको रणनीतिका सकारात्मक अनि नकारात्मक दुवै पक्ष छन् । प्रेसिङमा तीव्रता, सकारात्मक पक्ष हो । प्रिमियर लिगमा यो सिजन सबैभन्दा बढी तीब्र गतिमा प्रेस गर्ने टिम टोटनहम हो ।

हाइब्रिड प्रेसिङमा एक खेलाडीले दुई विपक्षी खेलाडीलाई प्रेस गर्छन् । विशेषगरी विंगरले विपक्षीका दुई रक्षकलाई प्रेस गर्दा, मार्क गर्दा वा उनीहरूको बीचमा गएर उभिदिँदा मैदानको अन्य भागमा आफ्ना टिमका साथी खेलाडी संख्यात्मक रूपमा विपक्षीभन्दा बढी हुन पुग्छन् ।

नकारात्मक ? टोटनहमको प्रेसिङलाई विपक्षीले सहजै पन्छाइरहेको स्थिति । केही साताअघि मात्र प्रिमियर लिगमा टोटनहमको प्रेसिङ रणनीतिलाई लिभरपुलले सजिलै पन्छाएको थियो ।

हाइब्रिड प्रेसिङ

लिभरपुल र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दै  । 

लिभरपुलमा योर्गन क्लोपको स्थान लिएका आर्ने स्लट हाइब्रिड प्रेसिङमा विश्वास गर्छन् । प्रेसिङको तरिकालाई इटाली क्लब एटलान्टाका प्रशिक्षक जियान पिएरो गास्पेरिनीले प्रख्यात बनाएका हुन् । हाल बर्नमाउथमा रहेका एन्डोनी इराओलाले स्पेनी टिम रायभाल्कानोमा सन् २०२०/२१ मा र मिकेल आर्टेटाले प्रिमियर लिगमा पनि हाइब्रिड प्रेसिङको प्रयोग गरेको देखिएको हो ।

हाइब्रिड प्रेसिङमा एक खेलाडीले दुई विपक्षी खेलाडीलाई प्रेस गर्छन् । विशेषगरी विंगरले विपक्षीका दुई रक्षकलाई प्रेस गर्दा, मार्क गर्दा वा उनीहरूको बीचमा गएर उभिदिँदा मैदानको अन्य भागमा आफ्ना टिमका साथी खेलाडी संख्यात्मक रूपमा विपक्षीभन्दा बढी हुन पुग्छन् ।

लिभरपुलमा कोडी गाक्पो र लुइस डियाजलाई विपक्षीका दुई–दुई रक्षकमा प्रेस गर्ने र उनीहरूलाई अल्झाउने जिम्मा दिइन्छ । म्यानचेस्टर युनाइटेडसँगको खेलमा लिभरपुलले यही रणनीति लिएको थियो । गाक्पो र डियाजले युनाइटेडका चार रक्षकलाई अल्झाएपछि लिभरपुल युनाइटेडको भागमा काउन्टर अट्याक गरी सजिलै घुस्न सकेको थियो । कप्तान भर्जिल भान डाइक पटक पटक कसैको नजरमा नपरी युनाइटेडको क्षेत्रमा पुग्थे ।  

प्रिमियर लिगमा पछिल्लो १० वर्षमा प्रेसिङले प्राथमिकता पाएको छ । फरक फरक प्रशिक्षकले प्रेसिङका फरक तरिका अपनाउने गरेका छन् । इङ्लिस फुटबलमा रणनीतिका अन्य पक्षभन्दा प्रेसिङ छिटो विकसित भएको पक्का हो । र, आउँदा दिनमा कुनै पनि क्लब र प्रशिक्षकको भविष्य प्रेसिङको स्तर र प्रकारले निक्र्योल गर्नेमा भने दुईमत छैन ।

(द टाइम्सबाट)