मंसिर ८, २०८१ शनिबार | १६:२३:०९
सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय सिद्धार्थका कृष्ण र आशोकको जोडी च्याम्पियन
शनिबारको दिन शनिबारको दिन

२५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’

काठमाडौं । यसलाई मीठै संयोग माने हुन्छ । महिला साफ च्याम्पियनसिप फुटबल २०२४ मा भारतविरुद्ध सेमिफाइलनमा बराबरी गोल फर्काएपछि दशरथ रंगशालामा सावित्रा भण्डारीले बेजोड शैलीमा खुसीयाली मनाइन् ।

उनले आफ्नो जर्सी फुकालिन् र दर्शकतर्फ हुँकार भरिन् । यसलाई धेरैले ‘आइकोनिक सेलिब्रेसन’ माने । किनकि एउटा महिला खेलाडीले यसरी खुसीयाली मनाउन ठूलै साहस र बहादुरी चाहिन्छ ।

यो त भयो, भर्खरकै कुरा । आजभन्दा २५ वर्षअगाडि पनि यस्तै एउटा ‘आइकोनिक सेलिब्रेसन’ चलेको थियो, अन्तर्राष्ट्रिय महिला फुटबलमा । यो यस्तो जितको खुसीयाली थियो, जसले महिला फुटबललाई हेर्ने नजर सधैंका लागि फेरेको थियो । सावित्राले अहिले जुन काम गरेकी थिइन्, त्यस्तै काम २५ वर्षअगाडि अमेरिकी खेलाडी ब्रान्डी चेस्टिनले गरिसकेकी थिइन् ।

अहिले एकाएक पश्चिमेली मिडियामा यसबारे चर्चा चलिरहेको छ । नहोस् पनि किन र ? आज होइन, २५ वर्षअगाडि ब्रान्डीले साँच्चै एउटा अदम्भ साहस र बहादुरीको काम गरेकी थिइन् । कुरा सुरु हुन्छ यसरी । सन् १९९९ मा अमेरिकाले महिलाको विश्वकप फुटबल आयोजना गरेको थियो । महिना थियो, जुन/जुलाई ।

निर्णायक पेनाल्टी भने तिनै ब्रान्डीले प्रहार गरेकी थिइन् । जित रह्यो अमेरिकाको । उनको पेनाल्टी प्रहार के गोलमा मात्र परिणत भएको थियो, रंगशालामा उपस्थित ९० हजार १८५ दर्शकले त्यो देखे, जसलाई दुर्लभ, अद्वितीय र ऐतिहासिक जेभन्दा पनि हुन्छ ।

अमेरिका उपाधिका लागि बलियो दाबेदार थियो । त्यसैले टोली फाइनल पनि पुग्यो । अमेरिकाले सेमिफाइनलमा ब्राजिललाई हराएको थियो । अर्को छेउबाट चीन फाइनल पुगेको थियो । चीनले भने सेमिफाइनलमा नर्वेलाई पन्छाएको थियो । चिनियाँ फुटबलले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता भन्नु नै यही हो भन्दा केही फरक पर्दैन । अमेरिकामा बिल क्लिन्टनको राष्ट्रपतीयकाल चलिरहेको थियो ।

चीनविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै ब्रान्डी चेस्टिन ।

फाइनल भएको थियो, क्यालिफोर्नियाको त्यही प्रसिद्ध रोस बल रंगशालामा । फाइनल आफैंमा बेजोड रह्यो । खुबै चर्को प्रतिस्पर्धा चलेको थियो । निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा कुनै गोल निस्केन । दुवै टिमका खेलाडी खेलको परिस्थितिले दबाबमा थिए, आत्तिएका थिए अनि आक्रोशित जस्तै थिए । चारैतर्फ तनावको स्थिति थियो ।

अन्ततः अमेरिका टाइब्रेकरमा ५-४ ले विजयी रह्यो । चीनकी लिउ यिङ पेनाल्टीमा चुक्ने एक मात्र खेलाडी रहिन् । निर्णायक पेनाल्टी भने तिनै ब्रान्डीले प्रहार गरेकी थिइन् । जित रह्यो अमेरिकाको । उनको पेनाल्टी प्रहार के गोलमा मात्र परिणत भएको थियो, रंगशालामा उपस्थित ९० हजार १८५ दर्शकले त्यो देखे, जसलाई दुर्लभ, अद्वितीय र ऐतिहासिक जेभन्दा पनि हुन्छ ।

बलले जाली चुम्नेबित्तिकै ब्रान्डीले आफ्नो जर्सी फुकालिन् र खुसीयाली मनाइन् । विश्वकप अमेरिकाले जितेको थियो, त्यसैले चर्चा यसकै बढी हुनुपर्ने थियो । तर, चर्चा यसको भन्दा पनि त्यही ब्रान्डीको सेलिब्रेसनको भयो, जसलाई ‘आइकोनिक’ नभनेर सुखै छैन ।

फेरि सावित्राकै त्यस्तै सेलिब्रेसनमा फर्कने हो भने यसको प्रभाव नेपाली महिला फुटबलमा कस्तो पर्नेछ त ? यसको प्रभाव भावी दिनमा देखिनेछ ।  

भारतविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै सावित्रा भण्डारी, तस्विर: सरोज सापकोटा / खेलाडी ।