काठमाडौं । आज म्ह पूजा । नेवार संस्कृतिमा निक्कै महत्व बोकेको पर्व । खासमा आजको म्ह पूजा भनेको आफैँलाई पूजा गर्ने भनेको हो । अनि आजको दिन आफैलाई पूजा गर्ने दिन ।
नेपालीको मौलिक नेपाल संवतको नयाँ वर्ष सुरु हुने दिन पनि आजै हो । सञ्जीव सिल्पकारका लागि आजको दिनले अझ बढि महत्व बोकेको छ । ‘नेपाली खेलकुदको अवाज’को रुपमा परिचित सञ्जीवको आज जन्मदिन । ४७ वर्षअघि यही दिन सञ्जीवले धर्तीमा पहिलो पाइला राखेका थिए ।
नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैमा विशिष्ट र मौलिक मान्न सकिन्छ । काठमाडौं उपत्यकामा आजको दिनलाई ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ । पाटनका रैथाने सञ्जिव भाग्यमानी छन्, यही पावन दिन उनी आफ्नो जन्मोत्सव मनाउँदैछन् ।
नेपालमा हुने सबै प्रतियोगिता तथा महोत्सव मात्र नभई अवार्ड कार्यक्रमहरुमा पनि आयोजकले माइक थमाउन सबभन्दा बढि भर गर्ने नाम सञ्जीव नै हो । यस्तो किन पनि भने, नेपाली खेलप्रेमी, पदाधिकारी, समर्थकलाई उनको आवाजमा बानी परिसक्यो ।
चर्चा यहाँ म्ह पूजाको होइन । न त सञ्जीवको जन्मदिनकै । खासमा चर्चाको विषय त सञ्जीवको आवाजको हो । उनको व्यक्तित्वको हो । नेपाली खेलकुदप्रतिको उनको लगाबको हो । नेपाली खेलकुदले सञ्जीवलाई हेर्ने नजरको हो ।
हो, नेपालमा कुनै खेलकुदका कुनै यस्तो मेघा इभेन्ट हुँदैनन् जहाँ सञ्जीवको दमदार आवाज नगुञ्जियोस । नेपालमा हुने राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद, दक्षिण एसियाली मात्र होइन एसियाली स्तरका च्याम्पियनसिप सबैमा सञ्जीवको ओझपूर्ण आवाज गुञ्जिएन भने कार्यक्रम पूर्ण सुनिँदैन । सञ्जीवको आकर्षक व्यक्तित्व देखिएन भने कार्यक्रम पूर्ण लाग्दैन । केही न केही नपुगेजस्तो ! त्यसैले त नेपाली खेलकुदका सबैखाले ठूला कार्यक्रमका लागि सञ्जीव सिल्पकार अनिवार्य नाम हो ।
कुनै पनि खेलको प्रत्यक्ष प्रशारण हुँदा टेलिभिजनमा सञ्जीवको आवाज सुनिएन भने समर्थकलाई अथेन्टिक नलाग्न सक्छ । अझ फुटबल कमेन्ट्रीमा त सञ्जीवको आवाज नहुँदा खेलले समेत लय विर्सिएझै अनुभूति हुन सक्छ । नेपालमा हुने सबै प्रतियोगिता तथा महोत्सव मात्र नभई अवार्ड कार्यक्रमहरुमा पनि आयोजकले माइक थमाउन सबभन्दा बढि भर गर्ने नाम सञ्जीव नै हो । यस्तो किन पनि भने, नेपाली खेलप्रेमी, पदाधिकारी, समर्थकलाई उनको आवाजमा बानी परिसक्यो ।
सञ्जीव ‘नेपाली खेलकुदको आवाज’का रुपमा सर्वस्वीकार्य भएको यिनै कारणहरुले गर्दा हो ।
बुधबारमात्र दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको समापनमा पनि सञ्जीवकै व्यक्तित्वको ठाँट र आवाजको रवाफ आवश्यक भयो । बुधबार समग्र नेपाली समर्थकसँगै सञ्जीवका लागि पनि सुखद रहेन, यो बेग्लै कुरा हो ।
सञ्जीवसँग एकैछिन मात्र कुरा गर्नुपर्छ, खेलकुद र माइक प्रति उनको लगाब छताछुल्ल भइहाल्छ । लाग्छ, उनीसँग कुराकानीका लागि फुटबल, समग्र खेलकुद र माइकबाहेकका विषय नै छैनन् । अनि सँगै थाहा हुन्छ, उनी खेलकुदमा बोल्ने काममा रम्न पाएकोमा नियतीप्रति कति कृतज्ञ छन् भनेर ।
साफ महिला च्याम्पियनसिपिको फाइनलमा बुधबार नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको थियो । सञ्जीवले आफ्नो जीवनकै सबैभन्दा अमूल्य बर्थडे गिफ्ट पाउन सक्थे । नेपाली टोलीलाई बाक्लो घरेलु समर्थकबीच पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने अवसर थियो । तर, भाग्य नेपाली फुटबलको पक्षमा थिएन । सञ्जीव पनि जन्मदिनको अमुल्य उपहार पाउनबाट बञ्चित भए । नेपाल बंगलादेशसँग पराजित भयो ।
सञ्जीव हातमा माइक लिएर रंगशालाको भिआइपी प्यारापिट मुनि, टनलमा बसिरहेका थिए । सधैंझैँ सञ्जीव त्यसदिन पनि फाइनल खेलको उद्घोष गरिरहेका थिए । नेपाली खेलुकदको त्यो दमदार आवाज रंगशालामा उपस्थित साढे १५ हजार नेपाली समर्थकलाई खेलको अपडेट दिइरहेका थिए । परिस्थितीहरुबारे जानकारी गराइरहेका थिए ।
सञ्जीवसँग एकैछिन मात्र कुरा गर्नुपर्छ, खेलकुद र माइक प्रति उनको लगाब छताछुल्ल भइहाल्छ । लाग्छ, उनीसँग कुराकानीका लागि फुटबल, समग्र खेलकुद र माइकबाहेकका विषय नै छैनन् । अनि सँगै थाहा हुन्छ, उनी खेलकुदमा बोल्ने काममा रम्न पाएकोमा नियतीप्रति कति कृतज्ञ छन् भनेर । साच्चै सञ्जीव आफूले चाहेको काम गरिरहँदा बोनसस्वरुप पाएको नेपाली खेलप्रेमी, समर्थकको मायाबाट पुल्पुलिएका छन् ।
स्वभावले भावुक सञ्जीव मनभित्रको खुसी लुकाउन असमर्थ हुन्छन् । अनि आफ्नो पेशाप्रति कृतज्ञता प्रकट गर्छन, ‘कहिलेकाहीँ मैले के नै गरेको छु र जस्तो लाग्छ । मैले त मन परेको काम गरेको न हो । मलाई यो काममा थकाई लाग्ने र अल्छी लाग्ने भन्ने हुँदैन । २४ घण्टा नै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । अरुले आफ्नो प्यासन पछ्याइरहँदा लाखौं लाख लगानी गरिरहेको हुन्छ । मैले त पारिश्रमिक पाइरहेको छु ।’
सञ्जीव मुस्कुराउँछन्, ‘यो कामलाई म भित्री अन्तर आत्मादेखि नै गर्छु । सुन्ने दर्शकले पनि अन्तर आत्माले नै सुनिरहेका हुन्छन् जस्तो लाग्छ । माइक समाएपछि म खासगरि शब्द चयन, कसलाई कसरी सम्बोधन गर्ने, कुन शैली, कस्तो लवजमा बोल्ने जस्ता कुरामा ध्यान दिन्छु । सायद पेसालाई न्याय गरेका कारणले होला ।’
सञ्जीव २००२ मा एनटिभी प्रवेश गरेका थिए । सञ्जीव एनटिभी प्रवेश गर्दाको पनि एउटा रोचक कथा छ । घरमा पर्याप्त ठाउँ नभएर साथीको घरमा केही दिनका लागि केही सामान राख्न गएका थिए । भोली देखि एनटिभीकर्मी बन्न पुगे । कथााको सुरुआत हुन्छ, ठमेलबाट ।
आवाजमार्फत फुटबलमा गरेको योगदानको कदरस्वरुप दक्षिण एसियाली फुटबल महासंघ (साफ)बाट सञ्जीवले एउटा विशेष सम्मान पाएका छन् । फेब्रअरी २०२२ मा साफले आफ्नो आधिकारिक वेबसाइटमा सात राष्ट्रका एक-एक जना उद्घोषकका बारेमा लेख लेखेको थियो । राष्ट्रिय भाषाका माध्यमबाट समर्थकलाई फुटबलसँग जोड्ने व्यक्तिका रुपमा नेपालबाट सञ्जीव छानिएका थिए । ‘दी भ्वाइस अफ म्याजिक इन नेपाली फुटबल’ नामक लेखमा सञ्जीवले पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो । यसबारे सञ्जिव भन्छन्, ‘यो मेरो जीवनकै ठूलो उपलब्धि हो ।’
सञ्जीव पाटनको मंगलबजार, तिछ्छु गल्लीमा जन्मे, हुर्के । घरमा नेवारी नै बोलिन्थ्यो । बोलिन्छ । यसबीच राष्ट्रिय भाषाका माध्यमबाट नेपाली समर्थकलाई फुटबलसँग जोड्न सम्भव भयो चाहिँ कसरी ? यसको श्रेय जान्छ उनको जीवनसाथी अर्जेलिया (सिल्पकार) लाई ।
‘मलाई ‘त’ र ‘ट’को फरक के छ भन्ने थाहा थिएन । गैह्रनेवार साथीहरुले स्कुलमा मलाई बोलीकै कारण खिसी ट्यूरी गर्थे । पछि मैले अर्जेलियाबाट धेरै कुरा सिकेँ । अर्जेलिया नेवार भए पनि घरमा नेपाली बोल्थिन् । उनले नै हो मलाई तराजुको त अनि टपरीको ट छुट्याउन सिकाएको । पछि नेपाल टेलिभिजन (एनटिभी)मा गइसकेपछि मैले भाषामा थप सुधार ल्याउन थालेँ । त्यहाँ भाषा विज्ञहरु हुनुहन्थ्यो । त्यहाँ मैले पेट चिरेको ष, मोटो श र पातलो स लाई कसरी उच्चारण गर्ने जस्ता कुराहरु सिक्न पाएँ । विस्तारै मैले दैनिक जीवनमा यसलाई प्रयोग गर्न थाले । स्कुलमा मेरो बोलीलाई लिएर खिल्ली उडाउने गैह्रनेवार साथीहरु अचेल मेरो बोलीको ठूला प्रशंसक बनेका छन् ।’
सञ्जीव २००२ मा एनटिभी प्रवेश गरेका थिए । सञ्जीव एनटिभी प्रवेश गर्दाको पनि एउटा रोचक कथा छ । घरमा पर्याप्त ठाउँ नभएर साथीको घरमा केही दिनका लागि केही सामान राख्न गएका थिए । भोली देखि एनटिभीकर्मी बन्न पुगे । कथााको सुरुआत हुन्छ, ठमेलबाट ।
कार्यक्रम प्रस्तोता अमनप्रताप अधिकारी एनटिभी छोड्ने तयारीमा थिए । अमनले छोडेपछिका लागि नयाँ प्रस्तोता चाहिएको थियो । त्यसैले अमन रहँदासम्म सञ्जीवले रिपोर्टिङमा समय बिताए ।
सञ्जीवले २२ वर्षको उमेरमै व्यापार व्यावसायमा हात हालेका थिए । सन् १९९९, २००० तिरको कुरा हो । उनले ठमेलमा साइबर क्याफे र हस्तकला पसल खोलेका थिए । करिब डेढ वर्षपछि नारायणहिटी दरबार हत्याकाण्ड भयो । विस्तारै पर्यटन व्यावसायसँगै ठमेल केन्द्रित व्यापारहरु सिथिल हुन थाले । जसले गर्दा सञ्जीव पसल बन्द गर्नुपर्ने स्थितिमा पुगे ।
पसल खाली गरेपछि सञ्जीवले तत्कालका लागि सामानहरु नजिकै साथीको भर्खरै बनेको घरमा राख्ने विचार गरे । सामान ओसार्ने क्रममै उनले साथीको घरमा मिडियासँग आबद्ध रमेश शाही ठकुरीसँग भेटेछन् ।
‘रमेश दाइसँग कुरा गर्दै जाँदा मेरो आवाजको प्रशंसा गर्न थाल्नुभयो । त्यसपछि उहाँले मलाई भोली एक ठाउँ लिएर जान्छु भन्नु भयो । पसल बन्द गरेपछि म फुर्सदिलो नै थिएँ । भोली पल्ट बिहान म र रमेश दाइ मेरो बाइकमा राष्ट्रिय नाचघर गयौं । त्यहाँ त्यतिबेलाको सुपर हिट कार्यक्रम ‘आगन’को छायङ्कन चलिरहेको थियो । त्यही दौरान रमेश दाइले मलाई एनटिभीका तत्कालीन प्रमुख कार्यक्रम निर्माता माधव कार्की दाइ र मेघराजशमशेर थापा दाइसँग चिनजान गराउनु भयो ।’
सञ्जीवसँग कुराकानी हुँदै गर्दा कार्कीले सोधेछन्, ‘खेलकुदमा तिमीलाई कत्तिको रुची छ ?’
सञ्जीवलाई के चाहियो र ! पाटनको संवृद्ध फुटबल संस्कारबीच हुर्केका उनले जवाफ फर्काउन निमेशभरको समय पनि लिएनन् । खेलकुद त जीवनशैली नै भएको बताए । सञ्जीवको जवाफले कार्कीलाई पनि राहत मिल्यो । किनकी उनी राम्रो आकर्षक व्यक्तित्व र वजनदार श्वर अनि खेलकुदप्रति रुची भएको युवाको खोजीमा थिए । सञ्जीवमा त्यो सबै गुण देखेपछि कार्कीले तुरुन्तै सोधिहाले, ‘खेल-खेल भन्ने साप्ताहिक कार्यक्रम छ । त्यसका लागि प्रस्तोता चाहिएको छ । तिमी टेलिभिजनमा कार्यक्रम चलाउन सक्छौ ?’
सञ्जाीवका लागि त्यो अकल्पनीय प्रस्ताब थियो । उनको आङ सिरिङ्ग भयो । टाउकोबाट कसैले भकभकी उम्लिएको तातो पानी खन्याएझै लाग्यो । कल्पनासम्म नगरेको प्रस्ताब आएपछि पूरै नर्भस भए । तर पनि उनले जवाफ गलत दिएनन् । जीवनमा सबभन्दा मन पर्ने खेलकुदको विषयमा टेलिभिजनमा कार्यक्रम चलाउन पाउने अवसरलाई २४ वर्षको पट्ठोले कसरी उम्कन दिन्थ्यो र ! उनले सकारात्मक जवाफ दिएपछि कार्कीले भोली पल्टै नेपाल टेलिभिजनमा आएर भेट्न भने ।
कार्यक्रम प्रस्तोता अमनप्रताप अधिकारी एनटिभी छोड्ने तयारीमा थिए । अमनले छोडेपछिका लागि नयाँ प्रस्तोता चाहिएको थियो । त्यसैले अमन रहँदासम्म सञ्जीवले रिपोर्टिङमा समय बिताए । तीन/चार महिनामा अमन कान्तिपुर लागे । अनि नेपाली खेलकुदमा निक्कै लोकप्रिय रहेको कार्यक्रम खेल-खेलको सम्पूर्ण जिम्मेवारी सञ्जीवमा आयो ।
सानैदेखि फुटबल खेल्न बाहेक सञ्जीवको शौख स्टेज कार्यक्रममा उद्घोषण गर्ने हुन्थ्यो । सञ्जीवले ०५४ सालतिर पहिलो पटक स्टेज काार्यक्रममा आफ्नो स्वर दिने अवसर पाए ।
एनटिभीको अवसर किन पनि जुरेको थियो भने, कार्की पनि लगनखेल बस्थे । सञ्जीव आफैँ पनि लगनखेलको बुद्धिविकास खेल मैदानमा खेलेर हुर्केका हुन् । कुरैकुरामा यो विषय निस्केपछि सञ्जीवले कार्कीको विश्वास जितिहाले ।
सञ्जीव खेलकुदको वातावरणमै हुर्केका थिए । बुवा जुलुमकृष्ण शिल्पकार आफैँमा खेलकुदलाई मया गर्ने व्यक्ति, ब्याडमिन्टन र टेबल टेनिसका राम्रा खेलाडी थिए । ललितपुरकै पूरानो क्लब फ्रेन्ड्स युनियन क्लबको सञ्चानलमा अग्रणी भूमिका रहेका जुलुमकृष्ण नेपाल फुटबल संघका तात्कालीन सचिव पनि थिए । जुलुमकृष्णले छोरा सञ्जीवलाई खेलकुदमा कहिल्यै पनि रोकेनन् ।
अरुलाई स्कुल छोडेर खेल्न जाने भन्यो की गाली खानुपर्ने अवस्था थियो । सञ्जीवको हकमा त्यस्तो भएन । सञ्जीवलाई स्कुल छाडेर फुटबल खेल्न जाने छुट थियो । यतिसम्म की सञ्जीव जब जब स्कुल छाडेर फुटबल खेल्न हिँड्थे, बुवा जुलुमकृष्ण । जो सञ्जीवको जीवनमा प्रेरणाका स्रोत थिए, सञ्जीवको मनका रियल हिरो थिए । उनी खेलस्थलमै पुगेर छोरालाई साथ दिन्थे । यही प्रेरणाका कारण स्कुलको झोलामा सञ्जीवले किताबको सट्टा फुटबल बुट राख्ने साहस गर्न सकेका थिए । सञ्जीव र उनका साथीभाइले स्थानीय प्रतियोगिता खेल्नका लागि फुटबल क्लब पनि खोलेका थिए । जुलुमकृष्णले क्लबका लागि चाहिने आर्थिक सहयोग जुटाइदिन्थे । सञ्जीव क्लबका गोलकिपर थिए ।
सानैदेखि फुटबल खेल्न बाहेक सञ्जीवको शौख स्टेज कार्यक्रममा उद्घोषण गर्ने हुन्थ्यो । सञ्जीवले ०५४ सालतिर पहिलो पटक स्टेज काार्यक्रममा आफ्नो स्वर दिने अवसर पाए । सञ्जीवका नजिकका साथीहरुको एउटा शास्त्रीय संगीत ब्यान्ड थियो । साथीहरुकै अनुरोधमा उनले कार्यक्रमको नेतृत्व सम्हालेका थिए । कार्यक्रमपछि उनले चारैतिरबाट प्रशंसा बटुल्न थाले । युवा जोशलाई हौसला मिल्यो । त्यसपछि उनले ललितपुर जिल्लामा आयोजना हुने खेलकुदका कार्यक्रम सञ्चालन गर्न थाले । एनटिभीको माइकमा चाँडै जम्नुमा पाटनका स्टेजहरुमा बोल्दाको अनुभवले धेरै सघाएको थियो ।
एनटिभीमा उनले १६ वर्ष बिताए । खेलकुदकै लागि उनलाई नियुक्त गरिएको थियो । सञ्जीवको रुची पनि खेलकुद नै । त्यसकारण उनले खेलकुद र खासगरि फुटबललाई नयाँ तरिकाले बुझ्ने सुनौलो मौका प्राप्त गरे । एनटिभी प्रवेश गरेको पहिलो दिनदेखि नै उनले खेललाई राम्ररी बुझ्दै कमेन्टेटर र खेलकुद कार्यक्रम सञ्चालकको करिअरलाई अगाडि बढाउन थाले ।
यो १६ वर्षमा एनटिभीबाट उनी फुटबल, क्रिकेट, भलिबल खेलका लागि आवाज दिने निर्विकल्प कमेन्टेटर रहे । उनले खुकुरी कप फुटबल प्रतियोगितामा महेन्द्र पुलिस क्लब र पूर्वाञ्चल विकास क्षेत्रबीच भएको खेलबाट पहिलो पटक कमेन्ट्रीका लागि माइक समातेका थिए ।
खासमा कमेन्ट्री भनेको फगत खेलको स्थिती फलाक्ने पेशामात्र होइन । आम दर्शक/स्रोताले बुझ्ने सरल भाषामा सम्बन्धित खेलबारे जानकारी गराउनु पनि हो । खेल सिकाउनु पनि हो । खेलको बारेमा जनचेतना जगाउनु पनि हो । यसका लागि सञ्जीवले सुरुआति दिनमा थुप्रै मेहनत गरे । उनको खेलकुद बुझाई एकखालको थियो । त्यसलाई सरलिकरण गर्न थाले । त्यहीअनुसार बोल्ने क्रममा कुन बेला रोकिने, कुनबेला श्वर चर्को पार्ने, कुन बेला लेघ्रो तान्ने, कुन बेला स्तव्ध हुने, कुन बेला चिच्याउने, जस्ता कमेन्ट्रीका ग्रामर सिक्न थाले ।
यही कारण हो, आजको दिनमा माइक र सञ्जीवबीचको सम्बन्ध यति गहिरो बनेको । त्यसैले त अचेल उनी माइकविना आफैँलाई अपूरो ठान्न थालेका छन् । आखिर त्यही माइकले नै त हो सञ्जीवलाई लाखौं दर्शकसामू पुर्याएको ।
यो १६ वर्षमा एनटिभीबाट उनी फुटबल, क्रिकेट, भलिबल खेलका लागि आवाज दिने निर्विकल्प कमेन्टेटर रहे । उनले खुकुरी कप फुटबल प्रतियोगितामा महेन्द्र पुलिस क्लब र पूर्वाञ्चल विकास क्षेत्रबीच भएको खेलबाट पहिलो पटक कमेन्ट्रीका लागि माइक समातेका थिए । २०५९ सालको यो समय हरि खड्का, देवनारायण चौधरी स्टार खेलाडी थिए । सञ्जीवले त्यतिबेला अमनसँगै कमेन्ट्री गरेका थिए । सञ्जीव भन्छन्, ‘मैले अमनबाट पनि धेरै कुरा सिकेको छु । त्यस्तै रेडियो नेपालका कमेन्टेटर पान्डव सुनुवारबाट पनि मैले धेरै जान्ने बुझ्ने मौका पाएँ ।’
उनको एनटिभी करिअरको छुट्टाउनै नहुने अर्को विषय हो, सिटिअस अल्टिअस र फोर्टियस । सञ्जीवले २००६ तिर ‘स्पोर्टस जिनियस’ नामक हाजिरीजवाफ कार्यक्रम चलाउँथे । सिटिअस, अल्टिअस र फोर्टियस कार्यक्रमका तीन टोलीहरु हुन् । खासमा यी तीन शब्दको अर्थ चाहिँ के हो ? सञ्जीव सुनाउँछन्, ‘यो एउटा ल्याटिन वाक्यांश हो । ‘सिटिअस’ भनेको द्रुतगामी, ‘अल्टिअस’ भनेको उच्चतम् अनि ‘फोर्टिअस’ चाहिँ सुदीर्घ । यसलाई ओलम्पिकको मूल मन्त्र भनिन्छ ।’
यो कार्यक्रमको क्रेज खेलप्रेमीमाझ बेग्लै थियो । सञ्जीवले अन्तर्राष्ट्रिय खेलमा पदक जितेका, नाम सुनेको तर, तस्विरमा नदेखेका अनुहारहरुलाई कार्यक्रममा बोलाउँथे । अनि दुई-दुई जनाको तीन समूह छुट्याएर खेलकुदका प्रश्न सोध्थे । २०७२ सालको भुकम्पसम्म सञ्चालनमा आएको यो कार्यक्रममा पछि सञ्जीवले स्कुल र प्लस टुका विद्यार्थीलाई पनि अवसर दिए ।
यो कार्यक्रमको प्रशंग किन पनि भने यसले खेलप्रेमी विद्यार्थीलाई विश्व खेलकुदप्रतिको जानकारी बढाउन मद्धत गर्यो । कतिपयले त सञ्जीवलाई यो कार्यक्रमबाट पनि चिनेका छन् । उनलाई सञ्जीव शिल्पकारभन्दा पनि सिटिअस, अल्टिअस, फोर्टिअस भनेर चिन्ने जमात गाउँघरमा अझै छन् । यी तिनै हुन् जसले रंगशाला आएर खेल हेर्ने मौका पाएका छैनन् । एनटिभी छाडेयता उनी अचेल स्वतन्त्र रुपमा काम गरिरहेका छन् ।
नेपाली खेलकुदसँग सञ्जीवको सम्बन्ध माइकले मात्र जोडेको छैन । खेल प्रशासनमा पनि उनी सक्रिय छन् । नेपाली फुटबलको लोकप्रिय थ्री स्टार क्लबमा उनले महासचिव भएर १३ वर्ष व्यवस्थापन सम्हाले । महासचिव त पछि भएका हुन् ।
सञ्जीवले पाँचौं देखि नवौं बृहत राष्ट्रिय खेलकुदको समारोहमा उद्घोष गरेका छन् । पाँच वर्षअघि काठमाडौंमा भएको १३औं सागमा पनि उनले उद्घाटन र समापन समारोहमा माइक समातेका थिए । १९९९ मा भएको आठौं सागमा उनी दर्शकको रुपमा ठेलमठेल गर्दै रंगशाला प्रवेश गरेका थिए । त्यतिबेला उनलाई सायदै लागेको थियो, २० वर्षपछि आफै यो समारोह हाक्नेछु भनेर !
सञ्जीव भन्छन, ‘आफ्नै घरमा भइरहेको यत्रो ठूलो प्रतियोगिता छुट्याउने कुरै थिएन । आतिशबाजी हेर्न धक्कामुक्की गर्दै मैदान छिरेको अझै पनि याद छ । सायद त्यतिबेला रमा सिंह, भाष्करराज कर्णिकार र रवीन शर्माले उद्घोषकको भूमिकामा काम गर्नुभएको थियो ।’
सञ्जीवलाई त्योबेलासम्म माइकमा को छ ? कार्यक्रम कस्तो चलायो ? उदघोषकको आवाज र शैली कस्तो छ ? जस्ता विषयमा केही मतलब थिएन । ‘तर पनि ती कर्णप्रिय आवाजहरु अहिले पनि मेरो कानमा गुन्जिन्छन् । ती आवाजहरुले मलाई निकै लोभ्याउथे,’ सञ्जीव भन्छन् ।
नेपाली खेलकुदसँग सञ्जीवको सम्बन्ध माइकले मात्र जोडेको छैन । खेल प्रशासनमा पनि उनी सक्रिय छन् । नेपाली फुटबलको लोकप्रिय थ्री स्टार क्लबमा उनले महासचिव भएर १३ वर्ष व्यवस्थापन सम्हाले । महासचिव त पछि भएका हुन् । सुरुमा त उनी क्लबका डाइ हार्ड फ्यान हुन् । थ्री स्टार उनको भित्रि आत्मामा बसेको क्लब हो । क्लबप्रति उनी यतिसम्म क्रेजी थिए की उनले थ्री स्टारका खेल विरलै छुट्टाउँथे । ती त्यस्ता दिन पनि थिए जब सञ्जीव थ्री स्टार हार्दा रुँदै घर फर्कन्थे ।
कमेन्टेटर मात्र होइन सामान्यतया सञ्चारकर्ममा रहेका सबै तटस्थ हुनुपर्छ भन्ने मान्यता छ । सञ्चारकर्मीले कसैको पक्ष लिन मिल्दैन । तर सञ्जीव पक्षपाती छन् । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल खेल्दा होस वा नेपाललाई प्रतिनिधित्व गरेर कुनै क्लब खेल्दा पनि उनको कमजोरी लुक्न सक्दैन । उनी यहाँसम्म पक्षपाती छन् की, सञ्चारकर्ममा रमाइरहँदा आफूमा भएको यो कमजोरीमाथि उनलाई गर्व छ ।
‘म खेलकुदको खाँटी समर्थक र एउटा राष्ट्रप्रेमी युवाको भावनासहित यो पेशामा प्रवेश गरेको थिएँ । यही भावनाका साथ मृत्युवरण गर्न चाहन्छु,’ सञ्जीव अचानक भावुक हुन्छन्, ‘मेरो देशको पक्ष लिँदा त्यो मेरो पेशागत कमजोरी हुन्छ भने मलाई त्यसमा गर्व छ ।’
थ्री स्टारकै कारण सञ्जीवले इङ्लिस क्लब चेल्सीलाई पनि मन पराए । थ्री स्टार र चेल्सीमा धेरै कुरा समान छन् । पहिलो कुरा, दुवैको जर्सीको रंग निलो छ । दोस्रो, दुवैको लोगो पनि त्यस्तै छ, गोलो आकारमा अक्षर र डिजाइन कोरिएको ।
सन् २००५ को एउटा सन्दर्भ । प्रथम एएफसी प्रेसिडेन्ट कप काठमाडौंमा हुँदै थियो । नेपालबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन थ्री स्टारले प्रतिनिधित्व गरेको थियो । उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, प्रदीप महर्जन, विजय गुरुङ, लोकबन्धु गुरुङ, विषन गौचन र प्रलय राजभण्डारीलगायतका स्टार खेलाडीले भरिएको थ्री स्टारलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो । तर, सेमिफाइनलमा थ्री स्टार कीर्गिस्तानी क्लब डोर्डोइ डाइनामोसँग पेनाल्टी सुटआउटमा पराजित भयो ।
त्यतिबेला एनटिभीले प्रतियोगिता प्रत्यक्ष प्रशारण गरेको थियो । सञ्जीव कमेन्ट्री गरिरहेका थिए । खेल सकिएपछि उनी भक्कानिएर रुँदै घर लागेका थिए । उनी यसरी रोएर हिँडदै घर गएको अर्को घटना हो, २०१३ साफ पुरुष च्याम्पियनसिप । जतिबेला नेपालले अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो ।
उनी कतिसम्म कट्टर थ्री स्टार समर्थक थिए भने । मनाङ मर्स्याङ्दी र थ्री स्टारबीचको खेल हुँदा कमेन्ट्री बक्समा उनको शरीर जहिल्यै काँपी रहेको हुन्छ । उनी भन्छन्, ‘यी दुईबीच खेल हुँदा मलाई निकै गाह्रो हुन्छ । स्वरलाई कम्पन हुन नदिन आफूलाई नियन्त्रण गर्छु । मलाई थ्री स्टारको खेलाडीका बारेमा मात्र बोल्यो भनेर आरोप पनि लाग्ने गर्छ । तर, मैले व्यावसायिक धर्म भने कहिल्यै छोडेको छैन । थ्री स्टारका सबै खेलाडीको मुटु, कलेजु, भित्री कुरा थाहा छ । त्यसैले पनि बोल्दा धेरै कुरा निस्किने मात्र हो ।’
थ्री स्टारकै कारण सञ्जीवले इङ्लिस क्लब चेल्सीलाई पनि मन पराए । थ्री स्टार र चेल्सीमा धेरै कुरा समान छन् । पहिलो कुरा, दुवैको जर्सीको रंग निलो छ । दोस्रो, दुवैको लोगो पनि त्यस्तै छ, गोलो आकारमा अक्षर र डिजाइन कोरिएको । अनि सबैभन्दा रमाइलो कुरा दुवै क्लबमा स्टार खेलाडीहरुको बाहुल्य पाइन्छ । एकचोटी लण्डन ओलम्पिक दौरान सञ्जीव चेल्सीको खेल हेर्न स्टाम्फोर्ड ब्रीज पनि पुगेका थिए ।
सञ्जीवले बोकेको अर्को परिचय हो, ‘विजनेसम्यान’ । सञ्जीवले भिनाजु राजेशराज कर्णिकार र ज्वाइँ रोशन तुलाधारसँग मिलेर नक्सालस्थित नारायणचौरमा इलेक्ट्रिक स्कुटरको शोरुम, ‘टिएआइएलजी’ कम्पनी खोलेका छन् । साढे चार वर्ष भयो, कम्पनी सञ्चालनमा आएको । टिएआइएलजी चीनको शीर्ष तीन भित्र पर्ने ब्राण्ड हो । यो संयुक्त राष्ट्रको प्रमुख गतिशीलता साझेदार ब्रान्ड पनि हो । नेपालका लागि हरेक दृश्टिकोणबाट सिद्ध भएकाले सञ्जीवले भिनाजु र ज्वाईंसँग मिलेर यो स्कुटरको व्यापार सुरु गरेका हुन् ।
भारत विरुद्धको त्यो खेलमा पनि उनले जसरी परिस्थिति सम्हाले, त्यो बास्तवमै प्रशंसायोग्य थियो । त्यही भएर त हो, उनी नेपाली खेलकुदका आवाज बनेका ।
यी सबै कुराबीच सञ्जीवलाई प्रश्न छ ? तपाइँलाई कुन कुरा गर्दा सजिलो हुन्छ, अनि कुन कुरा गाह्रो लाग्छ ? अनि सबभन्दा आनन्द कुन काम गर्दा लाग्छ ? उनी भन्छन्, ‘क्लब चलाउन सबैभन्दा गाह्रो काम हो । सजिलो र आनन्द दिने भनेको माइक समात्नु नै हो ।’
तर, सञ्जीवले भनेजस्तो माइक समात्नु त्यति सहज काम भने पटक्कै होइन । गत आइतबारकै कुरा गरौं न । भारतविरुद्ध जब रेफ्रीको निर्णयप्रति आपत्ति जनाउँदै जसरी नेपाली समर्थकले बोत्तल प्रहार गरे । त्यतिबेला सञ्जीव माइकबाट समर्थकलाई मिठो बोलीमा संयमित हुन आग्रह गरिरहेका थिए । जवकि सञ्जीवको पनि कमजोरी रिस हो । झट्टै रिसाइहाल्ने उनको स्वभाव छ । त्यो बेला बोलिरहँदा रिसले आफै चिप्लिएको भए ? समर्थक वा रेफ्रीसँग रिसाएर मुखबाट केही निस्केको भए ?
‘आम समर्थक र सञ्चारकर्मीबीचको फरक नै त्यही हो । हामीलाई पनि समर्थकलाई जस्तै भावनाले उद्धेलित बनाइरहेको हुन्छ । तर त्योबेला हामीले आफूलाई सम्हाल्नुपर्छ । त्यस्तो बेला सम्हालिन सकेन, सामान्य समर्थकजसरी प्रस्तुत भयो भने त अकल्पनीय अवस्था सिर्जना भइहाल्छ नी,’ सञ्जिव भन्छन् ।
भारत विरुद्धको त्यो खेलमा पनि उनले जसरी परिस्थिति सम्हाले, त्यो बास्तवमै प्रशंसायोग्य थियो । त्यही भएर त हो, उनी नेपाली खेलकुदका आवाज बनेका । नेपाली खेलकुदको आवाज बन्न त्यति सजिलो कहाँ छ र ?