रोजाइ तपाईंको, कोपा हेर्ने कि युरो ?

काठमाडौं ।  फुटबल हेर्ने पारखी आँखा छन् भने ठ्याक्कै छुट्याउन सकिन्छ, युरोप र दक्षिण अमेरिकाले खेल्ने शैली । यसमा फरक छ । युरोपेलीहरू लामो लामो पास खेल्न रूचाउँछन् अनि आक्रमण कुना कुना च्यापेर हुन्छ । खेलाडीहरू अलिकति बलिया नै हुन्छन् । दक्षिण अमेरिकीहरू छोटो छोटो पास खेल्छन् । आक्रमण मैदानको बीच भागबाट बुनिन्छ । खेलाडी व्यक्तिगत कौशलता प्रदर्शन गर्न रूचाउँछन् । दक्षिण अमेरिकी फुटबल एउटा कला हो । हेर्न जान्नुपर्छ, मज्जा आउँछ ।

युरोपतिर भने घम्साघम्सी नै पर्छ । यो कलाभन्दा पनि पद्धति भयो । कति फरक भन्ने कुराको सूची बनायो भने त्यो लामै हुन्छ । साँच्चै यी फरक दुई शैलीबारे कुरा चल्ने पहिलेदेखि नै थियो ।

यो कहिले पनि सकिने छैन । अहिले यो चर्चा चलाउँदा किन मज्जा आउँछ भने अहिले युरो कप पनि चलिरहेको छ, कोपा अमेरिका कप पनि भर्खर सुरु भएको छ । सबैलाई थाहा छ, युरो भयो युरोपेली देशहरूको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ।

केही त किशोर उमेरमै युरोप पुग्छन् । उतै रमाउँछन् । यसको सबैभन्दा राम्रो उदाहरण त  लियोनल मेसी नै भए । उनी असाध्यै सानो छँदा अर्जेन्टिना छाडेर बार्सिलोना पुगिसकेका थिए । 

कोपा भने दक्षिण अमेरिकीको सबैभन्दा ठूलो प्रतियोगिता हो । दक्षिण अमेरिकामा धेरै देश छैनन्, त्यसैले यो प्रतियोगितामा केही खास टिमलाई निम्तो दिएर खेलाउने काम भने हुन्छ । त्यसैले यसपल्ट अलिकति भए पनि दुर्लभ मौका जुरेको छ, एकैपल्ट यी दुई ठूला प्रतियोगिता हेर्ने अनि जाँच्ने ।

कोपा अमेरिकामा प्रतिस्पर्धा गर्दै अर्जेन्टिना र क्यानाडा

कुन राम्रो त ? भन्न त के सम्म भनिन्छ भने यी दुवै प्रतियोगिता विश्वकपभन्दा कमका छैनन् । अझ सके, यी दुई प्रतियोगितामा हेर्न पाइने फुटबल विश्वकपभन्दा पनि उच्च हुने गर्छ ।

विश्वकप आफैं पनि जित्ने भनेको पालैपालो तिनै युरोपेली र दक्षिण अमेरिकी देश त हुन् । कोपा र  विश्वकप दुवैमा अर्जेन्टिना साविक विजेता हो । 

यता युरोमा भने इटाली साविक विजेता हो, तर यो देशले विश्वकप नखेलेको दुई संस्करण भइसकेको छ । यसको पनि कुनै खास अर्थ छ कि ? यो विश्लेषणको अर्को विषय हो । फेरि मूल विषयमै फर्कने हो भने दक्षिण अमेरिकातिर अर्जेन्टिना र ब्राजिलले खेल्ने फुटबल शैली नै फरक छ ।

यी दुवै देशको शैली उरुग्वेसँग मेल खाँदैन । बरू युरोपतिर अधिकांशले लगभग उस्तै फुटबल खेल्छन् । अझ एकथरी त कस्ता पनि निस्केका छन् भने दक्षिण अमेरिकाको विशिष्ट फुटबल शैली नै अब कहाँ बाँकी रह्यो र ? यसलाई त युरोपेली फुटबल शैलीले खाइसक्यो । दक्षिण अमेरिकी खेलाडी अलिकति मात्रै राम्रो हुनुपर्छ, तिनीहरू सिधै युरोपमा पुग्छन् क्लब फुटबल खेल्न । प्रायः यू–२३ खेल्दाखेल्दै युरोप पुगिसकेका हुन्छन् ।

केही त किशोर उमेरमै युरोप पुग्छन् । उतै रमाउँछन् । यसको सबैभन्दा राम्रो उदाहरण त लियोनल मेसी नै भए । उनी असाध्यै सानो छँदा अर्जेन्टिना छाडेर बार्सिलोना पुगिसकेका थिए । अब मेसीले खेल्ने फुटबल कस्तो त ? दक्षिण अमेरिकी र युरोपेली ? सायद उनको खेलमा दुवैतिरको मिश्रण पाइन्छ । मेसी शारीरिक रूपमा असाध्यै बलिया देखिँदैनन् । तर उनको व्यक्तिगत प्रदर्शनले सबैको मन छुने गर्छ, अनुहारमा प्रशन्नता ल्याउने खालले खेल्छन् उनी ।

लियोनल मेसी र जुलियन अल्भारेज

सबै कुरा सुन्दा झन पो उल्झन भइन्छ । के युरोपेली शैली हो, के दक्षिण अमेरिकी भनेर । सन् सत्तरीसम्म युरोपमा क्लब फुटबल नखेलेका ठुल्ठूला स्टार हुन्थे दक्षिण अमेरिकामा । अहिले त्यो सम्भव नै हुन्न । भएभरका धनी क्लब जत्ति युरोपमै छन् । अनि तिनले नै दक्षिण अमेरिकाका राम्रा खेलाडी किन्ने हैसियत राख्छन् । त्यसैले पक्कापक्की दक्षिण अमेरिकी फुटबल शैली अब रहेन जस्तो लाग्छ । के यो हो त ? फुटबलप्रेमीलाई योचाहिँ गृहकार्य, युरो पनि हेर्ने, कोपा पनि हेर्ने अनि घोरिएर विश्लेषण गर्ने ।


Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar