बालोन डी’अर मेसीलाई नै किन ?

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डी’अर अवार्ड जित्नुअघि इङ्लिस क्लब वेस्ट हम युनाइटेडका स्ट्राइकर मिकेल एन्टोनियोले भनेका थिए, ‘इर्लिङ हालान्डले बालोन डी’अर नपाए यो एउटा घोटाला हुनेछ ।’

एन्टोनियोले हालान्ड म्यानचेस्टर सिटीको मात्र नभएर विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको र मेसीभन्दा राम्रो भएको दाबी गरेका छन् ।

उता पूर्व रियाल विंगर इडेन हाजार्डले मेसीलाई बालोन डी’अर प्रदान गरिनु कुनै गल्ती नभएको सुनाए । ‘विश्वकै उत्कृष्ट खेलाडी मेसीले विश्वकप जितेका छन् । त्यसैले मेसीबाहेक यो उपलब्धि अरूले हासिल गर्नुको अर्थ रहन्न,’ हाजार्डले भनेका छन्, ‘मेसीको उपलब्धि तार्किक छ ।’

आलोचकहरूले भनिरहेका छन्, व्यक्तिगत पुरस्कारका नाममा घोटाला भयो । उनीहरूको एउटै गुनासो छ, ‘हालान्डले त्योभन्दा धेरै के गर्नुपार्थ्यो  ?

धेरै हालान्डको पक्षमा उभिए भने बॉकीले मेसीबाहेक यो उपाधि अरूले पाउन नहुने विचार राखे ।

अन्ततः सिटीबाट युरोपियन तेहेरो उपाधि जितेका हालान्डलाई उछिन्दै मेसीले फेरि अर्को बालोन डी’अर अवार्ड थपे । मेसीको उपलब्धि पूर्वानुमानित जस्तै थियो । त्यसैले उपाधिको छिनोफानो हुनुअघि नै सामाजिक सञ्जालहरू आलोचना र बधाई दुवैले पोतिएका थिए । आज ५ दिन बितिसक्दा पनि कथाले अन्त्य पाएको छैन ।

आलोचकहरूले भनिरहेका छन्, व्यक्तिगत पुरस्कारका नाममा घोटाला भयो । उनीहरूको एउटै गुनासो छ, ‘हालान्डले त्योभन्दा धेरै के गर्नुपार्थ्यो  ?

आफ्नो डेब्यु सिजन अर्थात गत वर्ष हालान्डले प्रिमियर लिगमा सर्वाधिक ३६ गोल गरे र गोल्डेन बुट प्राप्त गरे । एफए कप पनि सिटीकै नाममा रह्यो । युरोप पनि हालान्डमय नै रह्यो । कुल १२ गोल गरेका हालान्ड प्रतियोगिताको सर्वोच्च गोलकर्ता थिए । इटालियन क्लब इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले ऐतिहासिक पहिलो पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उता मेसीसम्मिलित फ्रेन्च क्लब पिएसजी अन्तिम १६ भन्दा माथि जान सकेन । जर्मन क्लब बार्यन म्युनिखसँग समग्रमा ३-० को हार बेहोर्दै पिएसजी सधैंजसो फेरि एकपल्ट निरास बनेको थियो ।

सिजनको बीचमै भएको कतार विश्वकपमा हालान्ड बिदामा थिए । किनभने उनको राष्ट्र नर्वे छनोट हुन सकेको थिएन । उता मेसी यसपल्ट जसरी भए पनि उपाधि आफ्नो बनाउने दाउमा थिए । मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि जित्यो । मेसीले प्रतियोगिता अवधिभर ७ गोल गर्दा फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए । उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत चुनिएका थिए ।

अर्को तर्क यो पनि छ कि हालान्ड एक स्ट्राइकर हुन् । स्ट्राइकरले गोल नगरे कस्ले गर्ने ? स्ट्राइकरले गर्ने गोल अधिकांश ट्रयाप इन हुन्छन् । उनीहरूको खेल कलात्मक हुँदैन । अरूको भरमा हुन्छन् यी खेलाडीहरू । 

तर, फ्रान्स फुटबलले प्रदान गर्ने विश्व प्रसिद्ध व्यक्तिगत अवार्ड, वर्षभरी समग्र प्रदर्शन हेरेर दिइने अवार्ड होइन र ? विश्वकप मात्रै हेरेर प्रदान गरिने हो भने २०१० मा स्पेनिस मिडफिल्डरद्वय जाभी हर्नान्डेज र आन्द्रेस इनिस्टामध्ये कोही एकले यो उपलब्धि पाउनुपर्ने थियो । बार्सिलोनाका यी मेसी सहकर्मीले त्यतिबेला घरेलु लिग ‘ला लिगा’को उपाधि पनि जितेका थिए । त्यतिबेला बालोन डी’अरमा यी दुई मेसीसँग पराजित भएका थिए । जबकि दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो ।

अर्को तर्क यो पनि छ कि हालान्ड एक स्ट्राइकर हुन् । स्ट्राइकरले गोल नगरे कस्ले गर्ने ? स्ट्राइकरले गर्ने गोल अधिकांश ट्याप इन हुन्छन् । उनीहरूको खेल कलात्मक हुँदैन । अरूको भरमा हुन्छन् यी खेलाडीहरू । हालान्ड पनि यसको अपवाद होइनन् । तर, यसो भनिरहँदा हालान्ड जस्ता खेलाडीको महत्व घट्ने भने होइन । जब स्ट्राइकरले गोल गर्छ अनि त टोलीले जित्ने हो । सिटीअघि २०२१/ २२ मा रियालले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । रियालको नायक थिए स्ट्राइकर करिम बेन्जेमा । बेन्जेमाले गरेको गोल पनि उही ट्याप इन न हो । प्रतियोगितामा सर्वाधिक १५ गोल गरेका बेन्जेमाले बालोन डी’अरको उपाधि पनि जितेका थिए ।

उता कुरा मेसीको । मेसी प्लेमेकर हुन् । भलै, मुख्य प्रशिक्षक लियोनल स्कोलानीले मेसीलाई कतारमा स्ट्राइकरका रूपमा प्रयोग गरेको होस् न कि कतारमा मेसीको प्रदर्शन असाधारण थियो । डिएगो म्याराडोनापछि कसैले विश्वकपमा आफ्नो एकल प्रभुत्व जमाएको थियो भने त्यो ३५ वर्षीय मेसीले थिए कतारमा । सबै नकआउट खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएका मेसीले यी खेलहरूमा कम्तीमा पनि एक गोल गरेका थिए । १९८६ यता सबै नकआउट खेलमा गोल गर्ने मेसी एकमात्र खेलाडी हुन् ।

हालान्ड र मेसी दुवै असाधारण खेलाडी हुन् । दुवै आ–आफ्नो स्थानमा बलियो पकड राख्छन् । मेसीका लागि सम्भवतः यो नै करियरको अन्तिम बालोन डी’अर हुनसक्छ । उमेरले मेसी ३६ पुगिसकेका छन् । हालान्ड भर्खर २३ वर्षका भए । हालान्डसँग अझै पर्याप्त समय छ । तर, फुटबलमा यस्ता भावनात्मक कुराले अर्थ राख्दैन । हालान्डले गत सिजन चाहेभन्दा धेरै दिएका हुन् । 

युरोपियन फुटबलमा योभन्दा धेरै दिन सक्छन् । यति गर्दा पनि बालोन डी’अर नपाएका हालान्डलाई सान्त्वना दिनुबाहेक अरू रहन्न । जुन हालान्डले पाइरहेका छन् । भोलिका दिन पनि पाउनेछन् । मेसीलाई भने हालान्डको उपाधि खोसेको आरोप सदैव लागिरहने छ । अर्को अर्थमा यसपालिको बालोन डी’अर फुटबलले ‘घोटाला’का रूपमा सम्झिने छ या मेसी, विश्वकप र उनको कीर्तिमानी आठौं बालोन डी’अर । 


शनिबारको अन्य स्टोरी 
मुलपानी मैदानबाट विश्वकपको यात्रा
युवा पुस्ताले पूरा गरेको सपना, एक दशकपछि ट्वान्टी २० विश्वकप खेल्दै नेपाल
विश्वकप, साउदी र सान
अन्योलको चक्रबममा म्यानचेस्टर युनाइटेड
मैदानभित्र र बाहिर भारतको ‘दादागिरी’
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar