फाल्गुन २, २०८२ शनिबार | ११:१४:०४
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन साफ च्याम्पियनसिप

सधै बलियो बंगलादेश

काठमाडौं । दक्षिण एसियाली फुटबलमा बंगलादेशलाई सधै बलियो टिमका रुपमा लिइन्छ । एक पटकमात्र साफ च्याम्पियनसिप जिते पनि बंगलादेशले प्रतियोगिताको इतिहासमा सधै आफूलाई उपाधि दाबेदाका रुपमा उभ्याउने गरेको छ ।

हाल फिफा वरियताको १९२ औं स्थानमा रहेको बंगलादेश सन् २००३ को साफ च्याम्पियन हो । त्यतिबेला घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा माल्दिभ्सलाई हराउँदै बंगलादेशले उपाधि चुमेको थियो । बंगलादेशले हालसम्म प्राप्त गरेको यो नै सबैभन्दा ठूलो उपलब्धि हो ।

यसैगरी बंगालदेशले सन् १९९९ र २०१० को दक्षिण एसियाली खेलकुद (साग) मा पनि फुटबलबाट स्वर्ण जितेको थियो । बंगलादेशले सन् १९९३ मा पाकिस्तानमा भएको पहिलो संस्करणबाहेक अन्य सबै संस्करणको साफ च्याम्पियनसिपमा सहभागिता जनाएको छ ।

बंगलादेश फुटबल संघ सन् १९७२ मा स्थापना भएको थियो । संघले सन् १९७३ मा एएफसी र सन् १९७६ मा फिफाको सदस्यता पाएको थियो । बंगलादेशले सन् १९८० मा एएफसी एसिया कप खेलेको थियो । यो नै बंगलादेशले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

बंगलादेशले पछिल्ला पाँच खेलमा दुई जित, दुई हार र एक बराबरीको नितिजा निकालेको छ । टोलीका प्रशिक्षक जेभियर फर्नान्डेज क्याब्रेराका लागि यो पहिलो साफ च्याम्पियनसिप हो । उनले गत वर्ष बंगलादेशको नेतृत्व सम्हालेका थिए । कप्तान जमल भुयान टोलीका मुख्य हतियार रहनेछन् ।

बंगलादेश गत संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । दुई वर्ष अघि माल्दिभ्समा प्रतियोगिता हुँदा पाँच टोलीको मात्र सहभागिता थियो । जसका कारण पहिलो चरणमा राउन्ड रोबिन पद्धतिमा सबैले एक–अर्कासँग खेलेपछि समूहका शीर्ष दुई टोली नेपाल र भारतले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसपाली समूह ‘बी’ मा रहेको बंगलादेशले जुन २२ (असार ७) मा लेबनानसँग प्रतियोगिताको पहिलो खेल खेल्नेछ । समूहको दोस्रो खेलमा टोलीले तीन दिनपछि असार १० मा माल्दिभ्स तथा असार १३ मा भुटानसँग समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ ।