फाल्गुन २, २०८२ शनिबार | ११:१५:२८
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन साफ च्याम्पियनसिप

नेपालसँग ठूलो आशा छैन

काठमाडौं । यसपाली साफ च्याम्पियनसिपका लागि सबैभन्दा कम तयारी गरेको टोली हो नेपाल । दिन विराएर भएका लिगका खेलका कारण खेलाडीले देशभित्र दुई दिनमात्र अभ्यास गर्न पायो । त्यसपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न फिलिपिन्स पुगेको नेपालले प्रतियोगिताका लागि बढिमा आठ दिन प्रशिक्षणको समय पायो । त्यसैले पनि यसपाली बेङलुरुमा नेपाली टोलीबाट ठूलो आशा रहने छैन ।

फिफा विश्व वरियताको १७४औं स्थानमा रहेको नेपाललाई साफ च्याम्पियनसिपमा हरेक संस्करण उपाधि दाबेदार मानिने गरे पनि अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । दुई वर्षअघि माल्दिभ्समा फाइनल खेल्नु नै नेपालले हालसम्म हासिल गरेको सबैभन्दा ठूलो सफलता हो । यसपटक भारतसँगै कुवेत र लेबनान पनि दावेदारको सूचीमा थपिएपछि झन् नेपालको उपाधि जित्न सक्ने सम्भावना कम भएको हो ।

नेपालले दुईपटक १९८४ र १९९३ सागमा स्वर्ण पदक जितेको छ । यसबाहेक दक्षिण एसियाली स्तरमा नेपालको सिनियर टोलीले कुनै पनि उपलब्धि हासिल गरेको छैन ।

यसपाली नेपाली टोलीको तयारी विगतका तुलनामा निक्कै कमजोर छ । ठूलो संख्यमा खेलाडी विदेसिँदा राष्ट्रिय टोली छनोटको घेरा उसै सांघुरिएको थियो । उपलब्ध खेलाडी पनि थकित छन् । तर, पहिलो पटक साफ च्याम्पियनसिपको नेतृत्व गर्न लागेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस भने प्रतियोगिताका लागि आशावादी देखिन्छन् । यसैगरी नेपाली राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बु पनि यसपाली साफ च्याम्पियनसिपमा चुनौती अझै थपिएको मान्छन् ।

नेपालका लागि हेर्नलायक खेलाडी कप्तान किरण र साफ च्याम्पियनसिपमा सबभन्दा धेरै २२ खेलको अनुभव बटुलेका उपकप्तान रोहित चन्द हुनेछन् । बेङलोरमा किरण आफ्नो पाँचौं साफ च्याम्पियनसिप खेल्दैछन् । नेपाल पछिल्लो चरणसम्म जाने हो भने उनको भूमिका अहम हुनेछ ।

बुधबार कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने नेपालले असार ९ गते भारत तथा १२ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका तीन खेलको समाप्तीमा शीर्ष दुईमा पर्न सके नेपाली टोलीको सेमिफाइनल यात्राको कथा रचिनेछ ।