मंसिर ६, २०८१ बिहीबार | १५:३७:५३
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन कतार विश्वकप २०२२

विश्वकपबाट ठगिएकाहरू

‘महान् खेलाडी बन्न विश्वकप जित्नुपर्छ,’ अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीको भनाइ हो यो । अर्जेन्टिनाका यी युवाको यो तर्क मान्न विश्व फुटबलका धेरै पण्डित तयार छैनन् । मेसीले पेले र डिएगो म्याराडोनाजस्ता खेलाडीलाई मस्तिष्कमा राखेर यस्तो तर्क राखेका हुन् । हुन पनि पेले र म्याराडोना नै ती व्यक्तित्व हुन्, जसले फिफा विश्वकपलाई संसारभरका समर्थकबीचमा यो लोकप्रियता र उचाई प्रदान गरे । त्यसैले विश्व फुटबलको इतिहासमा यिनै दुई खेलाडीलाई सर्वकालिन महान खेलाडीको रूपमा पुजिन्छ र यीनको समकक्षमा जस्तोसुकै प्रतिभालाई पनि ल्याउन दिइन्न ।

तर विश्व फुटबलको सर्वोच्च निकाय फिफा स्वयम्ले केही यस्ता खेलाडीलाई महान् खेलाडीको दर्जा दिएको छ, जसले विश्वकप जित्नु त परै जाओस्, खेल्ने अवसरसमेत पाएका छैनन ।

चोट, कमजोर भाग्य र विछोड

पेलेबाट उत्कृष्ट खेलाडीको संज्ञा पाएका अल्फ्रेडो डि स्टेफानो विश्व फुटबलका एक सदाबहार नायक हुन् । दुई पटकका युरोपियन वर्ष खेलाडी तथा पाँच पटक युरोपियन कप विजेता डि स्टेफानोले तीन फरक राष्ट्रिय टिमको प्रतिनिधित्व गरे । अर्जेन्टिना, कोलम्बिया र स्पेनको राष्ट्रिय टिमबाट खेले पनि तीमध्ये कुनैले उनलाई फिफा विश्वकप खेल्ने अवसर प्रदान गरेन ।

उनी जन्मेको देश अर्जेन्टिनाले १९५० मा विश्वकप सहभागिता नजनाउने निर्णय गर्यो भने टोली १९५४ मा छनोट हुनै सकेन । १९५८ मा स्पेनिस नागरिकता लिएको दुई वर्ष भए पनि उनले खेल्ने अनुमति पाएनन् । त्यसको चार वर्षपछि बढ्दो उमेरका रिएल मेड्रिड स्टारले स्पेनलाई विश्वकपका लागि छनोट गराउन महŒवपूर्ण योगदान गरे पनि चोटका कारण विश्वकप खेल्न भने उनले सकेनन् ।

डन्कान इडवार्डसको भाग्य पनि कसैसँग तुलना गर्न नमिल्ने खालको निर्दयी रह्यो । आफ्नो जमानाका अर्का प्रभावशाली प्रतिभा इडवार्डस म्यानचेस्टर युनाइटेडका सर्वकालिन महान् खेलाडी मानिन्छन् । म्यानचेस्टरका समर्थकमाझ उनी बुस्बी बेबस र सर बबी चाल्टर्न बराबर लोकप्रिय छन् । क्षमता र प्रतिभाका कारण १९६६ को विश्वकपमा उनी इङ्ल्यान्डको कप्तान हुन हकदार थिए । तर दुर्भाग्य इडवार्डस १९५८ को म्युनिख विमान दुर्घटनामा गम्भीर घाइते भए र दुई हप्तापछि २१ वर्षको कलिलो उमेरमा उनको मृत्यु भयो । इटालियन फुटबलमा पनि १९४९ मा एउटा त्यस्तै दुर्घटना भयो । तत्कालिन समयका निकै प्रभावशाली खेलाडी भालेन्टिनो माजोलालार्य सुपेर्गा विमान दुर्घटनाले निल्दा टोरिनोका स्टार पनि विश्वकपबाट वञ्चित भए ।

लाडिस्लाओ कुबालाको नाममा अझ प्रेरणादायी कथा छ । डी स्टेफानोजस्तै बार्सिलोनाका यी महान खेलाडीले पनि तीन फरक राष्ट्रिय टिमबाट खेले । चिली विश्वकप १९६२ का लागि स्पेनलाई छनोट गराउँदा उनी पनि डि स्टेफानोजस्तै टोलीका महŒवपूर्ण सदस्य थिए । समानता यहाँ पनि मिल्यो । कुबालालाई पनि चोटले १९६२ को विश्वकप खेल्न दिएन । तर हंगेरियन–पोलिस पिता तथा हंगेरियन–स्लोभाक माताका पुत्र उनले स्पेनलाई १२ वर्षको अनुपस्थिति पुर्दै १९७८ को विश्वकपमा प्रशिक्षकका रूपमा डोहोर्याए ।

ठूला स्टार, सानो देश

धेरै महान् खेलाडीलाई चोट, कमजोर भाग्य र संयोगका कारण विश्वकपबाट वञ्चित गराउँदा केही उच्च प्रतिभा भने सानो देशमा जन्मनुको कारण विश्वकप खेल्न पाएनन् । उदाहरणका लागि वेल्सलाई नै लिन सकिन्छ, जसले थुप्रै विश्वस्तरीय खेलाडी उत्पादन गरे पनि उनीहरूले कहिल्यै विश्वकप खेल्ने सौभाग्य भने धेरैले प्राप्त गरेनन् । किनकि ३० लाख जनसंख्या भएको देशले एकै समयमा पर्याप्त त्यस्ता राम्रा खेलाडी तयार गर्न सकेको छैन ।

जसका कारण टोली १९५८ मा एकै पटक छनोट हुनुको गौरवलाई दोहोर्याउन सफल भएको छैन । त्यसैले जोन टोसहाक, नेभिल साउथहल, मार्क हग्स, इयान रुस र रायन गिग्सजस्ता आफ्नो समयका विश्वकै सर्वोत्कृष्टमध्येका खेलाडी विश्वकपबाट वञ्चित रहे । अहिले रियाल मड्रिडसँग गत सिजनमा कीर्तिमानी रकममा अनुबन्धित भएका ग्यारेथ बेल यसको पछिल्लो उदाहरण हुन् । आफूमा पर्याप्त क्षमता हुनाका बावजुद यो प्लेटफर्म उपयोग गर्नु उनीहरूको अधिकारभित्र परेन ।

उत्तरी आयरल्यान्डका महान् खेलाडी जर्ज बेस्टको भाग्य पनि त्यस्तै रह्यो । फिफा विश्वकपका १९६६, १९७० र १९७४ को संस्करणमा बेस्टले खेल्न पाएको भए उनको असाधारण प्रतिभाले विश्वकप थप सम्बृद्ध पार्ने पक्का थियो, तर म्यानचेस्टर युनाइटेडका स्टारको देश यी तीनै संस्करणमा छनोट भएन । १९८२ मा उनको देश विश्वकपका लागि छनोट भए पनि दुर्भाग्य बेस्टको खेलजीवन समाप्त भइसकेको थियो । आयरल्यान्ड गणतन्त्रका लियाम ब्राडी र जोनी जाइल्स पनि उच्च फर्ममा रहँदा उनीहरूको देश छनोट नभएपछि दुःखद भाग्यको सिकार भए ।

गलत समयका सही खेलाडीको अर्को उत्कृष्ट उदाहरण एबेदी पेले हुन् । तीन पटकका अफ्रिकी वर्ष खेलाडी पेलेले कहिल्यै फिफा विश्वकप खेल्न पाएनन् । उनी खेल्दासम्म उनको राष्ट्र घाना विश्वकपमा छनोट नहुँदा अफ्रिकी महादेशका सर्वकालिन महान खेलाडी विश्व फुटबलको कुम्भमेला गुमाउन बाध्य भए ।

निराशा र डरलाग्दो प्रतिस्पर्धा

मुख्य शक्तिका लागि खेल्दा फिफा विश्वकपमा राम्रो पहिचान बन्ने अपेक्षा स्वभाविक छ, तर यसले आफैमा समस्या ल्याउन पनि सक्छ । स्टारबीचको खराव प्रतिस्पर्धा र प्रशिक्षकको खटनपटनले कहिलेकाँही महान् भन्न लायक खेलाडी पनि विश्वकपबाट वञ्चित भएका घटना छन् । अयाक्सका लागि २ सय १७ गोल गरेका जेसाइया स्वार्टलाई आठ पटक डच लिग तथा तीनपटक युरोपियन कप जित्न गरेको उच्च योगदानले विश्व फुटबलमा जस्तोसुकै अवसरलाई लायक बनाएको थियो ।

तर १९७४ र १९७८ को विश्वकपममा उनी उच्च फर्ममा रहँदा स्टारले भरिपूर्ण नेदरल्यान्डसको फुटबल टिममा समेत उनले स्थान बनाउन सकेनन् । उनको अनुपस्थितिमा पनि डच टोली उत्कृष्ट प्रदर्शन गर्न सफल थियो ।

व्यक्तिगत स्वभावले पनि केही खेलाडीलाई ठूलो अवसरबाट वञ्चित गर्ने गरेको छ । उदाहरणका लागि फ्रान्सका इरिक कान्टोना सबैभन्दा उपयुक्त खेलाडी हुन सक्छन् । प्रशिक्षक र व्यवस्थापनसँगको श्रंखलावद्ध खट्पटका कारण उनको करियर लामो समय टिक्न सकेन ।

उच्च क्षमतावान् फरवार्डले ३१ वर्षको उमेरमै संन्यास लिनुपर्यो । उनले संन्यास लिएको अर्को वर्ष नै फ्रान्सले विश्वकप जित्यो । इङ्ल्यान्डमा निकै ख्याति कमाउनाका बावजुद फ्रान्सेली टोलीमा महत्व नपाएका अर्का खेलाडी डेविड जिनोला हुन् । उनले पनि व्यवस्थापनसँगको खराब सम्बन्धका कारण उच्च फर्ममा हुनाका बावजुद १९९४ र १९९८ को विश्वकप टोलीमा स्थान पाएनन् ।

रुसका आन्द्रेइ कान्चेल्स्किसले प्रशिक्षक पावेल साड्रिनको नेतृत्वमा खेल्न अस्वीकार गर्दा १९९४ को विश्वकप त्यागे भने राजनीतिक कारणले ब्राजिली महान् खेलाडी आर्थर फ्राइडेनरिचले १९३० मा सम्पन्न विश्वकपको पहिलो संस्करण खेल्न पाएनन् । यसैगरी ब्रेन्ड सुस्टरको अन्तर्राष्ट्रिय करियर २४ वर्षको उमेरमै टुंगियो । राष्ट्रिय फुटबल संघसँगको खराब सम्बन्धका कारण उनको करियर यति चाँडो सकिएको थियो ।

वर्तमान अर्जेन्टिनी टोलीमा कार्लोस टेभेजजस्ता सुपरस्टार स्ट्राइकर नअटनु भाग्यको अर्को निर्दयी रुप थियो । उत्कृष्ट लयमा भएर पनि टेभेज टिममा परेका थिएनन् । यसपाली उत्कृष्ट लयमा भएर पनि आफ्नो मुलुक छनोट हुन नसक्दा नर्वेका एर्लिङ हालान्ड, इजिप्टका मोहम्मद सालाहले विश्वकप गुमाउने छन् । अर्कारित मुलुक विश्वकपमा छनोट भएर पनि चोटका कारण गुमाउने अभागी खेलाडी बन्ने छन्– जर्मनीका टिमो वेर्नर, फ्रान्सका पाउल पोग्बा र एनगोलो कान्टे जस्ता खेलाडी ।