चैत्र ७, २०८२ शनिबार | ००:२३:१२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन टेस्ट क्रिकेट

इङ्ल्यान्डको एउटा असाधारण जित

काठमाडौं । त्यसै भनिएको होइन, टेस्ट क्रिकेट भनेको टेस्ट क्रिकेट नै हो, यो खेलको सर्वोच्च स्वरूप । भलै अचेल ट्वान्टी २० क्रिकेटको जमना आइसक्यो, तर पाँच दिनसम्म खेलिने यो खेलको रौनकता र सनसनी सकिएको छैन् । न त सकिने छ । त्यसो त सबै एक एक टेस्ट चर्चाका लागि योग्य पनि हुन्न। तर केही खास टेस्ट भने एकपल्ट होइन, सधैंका लागि चर्चाको योग्य हुन्छ ।

यस्तै एउटा टेस्ट पाकिस्तानको मुल्तानमा भयो । तीन टेस्ट शृंखलाको पहिलो खेलमा इङ्ल्यान्डको जित यस्तो रह्यो कि जसलाई असाधारण मान्न सकिन्छ । यो टेस्टमा कीर्तिमानको त शृंखला नै बन्यो । त्यसमध्ये एउटा कीर्तिमान आफ्नो नाममा आएकोमा पाकिस्तानलाई दुःख नै रहनेछ । भयो के भन्दा यस टेस्टमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५५६ रन बनाएको थियो ।

इङ्ल्यान्डको यो जितका लागि दुई ब्याटर प्रशंसाका पात्र हुन् । त्यसमध्ये एक हुन्, ह्यारी ब्रुक्स । उनले ३१७ रन बनाए । गज्जबको ट्रिपल सेन्चुरी रह्यो, यो । अनि अर्को जो रुट । उनले भने २६२ रन बनाए । 

यस्तोमा लागि रहेको थियो, यो खेल पाकिस्तानले जित्नेछ । तर होइन्, जवाफमा इङ्ल्याण्डले सात विकेट गुमाएर त्यसको जवाफमा विशाल ८२३ रनको स्कोर खडा गर्यो । यस्तोमा दबाबमा आएको पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा २ सय २० रन मात्रै बनाउन सक्यो । नतिजा पाकिस्तान इनिङ्स अन्तरले पराजित भयो । असाध्यै खराब हार रह्यो, यो ।

पाकिस्तानविरुद्ध  ट्रिपल सेन्चुरी प्रहार गरेका ह्यारी ब्रुक्स ।

टेस्ट क्रिकेटको यति लामो इतिहासमा कोही टिमले पहिले ५०० भन्दा बढी रनको स्कोर बनाएर पनि इनिङ अन्तरको हार ब्यहोरेको यो नै पहिलो पटक हो । यसअघि यस्तो कहिल्यै भएको थिएन। त्यसैले टेस्ट क्रिकेट आफै पनि समय अनुसार परिवर्तन हुने रहेछ । नत्र दुई तीन दशक अगाडिसम्म पनि पहिले ब्याटिङ गर्दै ४०० रन बन्यो भने भनिन्थ्यो, कम्तीमा यो टिम हार्ने छैन।

इङ्ल्यान्डको यो जितका लागि दुई ब्याटर प्रशंसाका पात्र हुन् । त्यसमध्ये एक हुन्, ह्यारी ब्रुक्स । उनले ३१७ रन बनाए । गज्जबको ट्रिपल सेन्चुरी रह्यो, यो । अनि अर्को जो रुट । उनले भने २६२ रन बनाए । यसक्रममा कम्तीमा सात ठूलो कीर्तिमान बने । ब्रुक्स र रुटले ४५४ रनको साझेदारी गरे । यो इङ्ल्यान्डका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।

रुट इङ्ल्यान्डका लागि सर्वाधिक टेस्ट रन बनाउने ब्याटर पनि बने । उनले १२ हजार ६६४ रन बनाइसकेका छन् । यो उनको अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर पनि रह्यो । ब्रुक्सको पनि यो अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर पनि रह्यो । उनी इङ्ल्यान्डका लागि ३४ वर्षयता पहिलो पटक ट्रिपल सेन्चुरी बनाउने खेलाडी पनि रहे ।

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै जो रुट । 

पाकिस्तानी भूमिमा उनी यस्तो उपलब्धी चुम्ने खालि पाँचौं ब्याटर माक्रै रहे । अनि हुँदा हुँदा टेस्ट त्रिकेटमा यो इङ्ल्यान्डले बनाएको चौथो ठूलो स्कोर पनि रह्यो । भनेपछि कीर्तिमान नै कीर्तिमान । यस्तोमा यो टेस्टलाई पछिसम्म सम्झिरहने पर्ने अनेक कारण त बन्यो नै । एक जुगमा एकपल्ट आउने टेस्ट नै रह्यो भन्दा पनि हुन्छ, यसलाई ।