माघ ६, २०८२ मंगलबार | २०:२०:४४
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी
शनिबारको दिन

एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबार लुम्बिनी लायन्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकालेसँगै प्लेअफ पुग्ने चार टिमको टुंग्यो लाग्यो । सँगै दोस्रो संस्करणमा लिग चरणबाटै बाहिरिने चार टिम पनि तय भए । दुबै संस्करणमा गरि पोखरा एभेन्जर्स प्लेअफ पुग्न नसक्ने एक्लो टोलीको खराव कीर्तिमान बनायो ।

लिग चरणका कुल २६ खेलको नतिजा आइसक्दा यो सिजन २ शतक बनेका छन् । यी दुवै शतक विदेशी ब्याटरले बनाए । यसअघि पहिलो संस्करणमा एक गरी हालसम्म एनपीएलमा तीन शतक बनेका छन् । यी तीन वटै शतकवीरमा नेपाली खेलाडी भने छैनन् । हालसम्म पोखराका दुई र कर्णालीका एक ब्याटर शतकसम्म पुगेका छन् । प्रतियोगिता पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले एकमात्र शतक बनाएका थिए । दोस्रो संस्करणमा कर्णाली याक्सका मार्क वाट र पोखरा एभेन्जर्सकै एडम रोसिङ्टन छन् । अझ रोचक संयोक के भने, यी तीनै ब्याटर ओपनर हुन् । यी तीनै ब्याटरले शतक बनाउँदा विपक्षीविरुद्ध अविजितसमेत रहे ।

यस्ता छन् एनपीएलका तीन शतकवीरआन्द्रियस गौस -पोखरा एभेन्जर्स

एनपीएलको इतिहासमै पहिलो शतक बनाउने ब्याटर हुन्, आन्द्रियस गौस । अमेरिकाका ३२ वर्षीय दायाँहाते यी ब्याटरले पहिलो सिजनमा पोखरा एभेन्जर्सबाट खेल्दा लुम्बिनी लायन्सविरुद्ध शतकसहित यो कीर्तिमान बनाएका थिए । दोस्रो सिजनमा पोखराले गौसलाई निरन्तरता दिएको छैन । तर, उनको शतक भने एनपीएलको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

पहिलो सिजनअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा उनले ५५ बलमा शतक बनाएका थिए । यसक्रममा उनले १२ चौका र पाँच छक्का प्रहार गरेका थिए । गौसकै शतकमा पोखराले लुम्बिनीविरुद्ध १० विकेटको फराकिलो जित निकालेको थियो । पहिलो इनिङमा ब्याटिङ गर्दै लुम्बिनीले १७० रन बनाएको थियो । जसलाई दोस्रो इनिङमा पोखराले १६।५ ओभरमा विकेट नगुमाई भेट्टाएको थियो ।

मार्क वाट -कर्णाली याक्स 

कर्णाली याक्सका मार्क वाट एनपीएलको इतिहासमा शतक बनाउने दोस्रो ब्याटर हुन् । उनी प्रतियोगिताको दोस्रो संस्करणमा भने शतक बनाउने पहिलो ब्याटर बने । स्कटल्यान्डका २९ वर्षीय बलिङ अलराउन्डर मार्कको यो शतक उनको करियरमै निक्कै विशेष छ । कारण, यो उनको करियरकै पहिलो शतकसमेत हो । स्कटल्यान्डका पार्टटाइम ब्याटर वाटले ४२ बलमै शतक ठोकेका थिए । एनपीएलको इतिहासमा सबैभन्दा छिटो बनेको शतकसमेत यही हो । वाटकै शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि नौ विकेटको जित निकालेको थियो । वाटले विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२।२ ओभरमा एक विकेटमात्र गुमाएर पूरा गरेको थियो ।

वाटले यो खेलमा अविजित ११४ रन बनाए । एनपीएलको यो व्यक्तिगत उच्च स्कोरसमेत हो । यसक्रममा उनले ४४ बल खेल्दा २५९ को स्ट्राइक रेटसहित ६ चौका र १२ छक्का प्रहार गरे । उनी एकै इनिङमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याटरसमेत हुन् । तर, लिग चरणमा खराव लयबाट गुज्रिएको कर्णालीले दोस्रो संस्करणको प्लेअफ भने पुग्न सकेन ।

एडम रोसिङ्टन -पोखरा एभेन्जर्स

पोखराका एडम रोसिङ्टन एनपीएलमा शतक बनाउने तेस्रो ब्याटर हुन् । हालसम्मका अन्तिम पनि । इंग्ल्यान्डका ३२ वर्षीय विकेटकिपर ब्याटर रोसिङ्टनले दोस्रो संस्करणमा पोखराको प्रतिनिधित्व गर्दा कर्णाली याक्सविरुद्ध शतक बनाएका हुन् । कर्णालीविरुद्ध पहिले ब्याटिङमा उत्रिएको पोखराले २०१ रन बनाउँदा ओपनर रोसिङ्टनले १०८ रनको अविजित इनिङ खेलेका थिए । जसमा उनले ५८ बल खेल्दा ११ चौका र सात छक्का प्रहार गरे । ब्याटिङमा उनको स्ट्राइक रेट १८६ को थियो । पोखराले दिएको २०२ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णाली यो खेलमा १९ ओभरमै १६७ रनमा समेटिएको थियो । रोसिङ्टनले शतक बनाए पनि पोखराले पनि दोस्रो संस्करणमा प्लेअफ यात्रा भने तय गर्न सकेन ।