विश्वकपमा चम्किएका फाइभ स्टार बलर

काठमाडौं । पछिल्लो समय ट्वान्टी-२० क्रिकेट ब्याटरमैत्री बन्दै गएको थियो । तर वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा जारी आइसिसी ट्वान्टी-२० विश्वकपमा भने त्यस्तो देखिएन ।

यो प्रतियोगितामा बलरहरू ब्याटरमाथि हाबी भए । विश्व क्रिकेटमा उत्कृष्ट मानिएका ब्याटरलाई पनि रन बटुल्न निकै कठिन भइरहेको छ । यसको सबैभन्दा ठूलो उदाहरण हो, भारतीय ब्याटर विराट कोहली । वर्तमान समयका उत्कृष्ट ब्याटर मानिएका विराटले हालसम्म ७ खेल खेल्दा कुनैमा पनि अर्धशतक प्रहार गर्न सकेका छैनन् ।

उत्कृष्ट बलिङकै कारण साना मनिएका देशले पनि ठूलो देशलाई टक्कर दिन सफल भए । उदाहरणका लागि नेपाल र दक्षिण अफ्रिकाको खेललाई लिन सकिन्छ । नेपालले दक्षिण अफ्रिका जस्तो उत्कृष्ट टोलीलाई ११५ रनमै समेटेको थियो । यद्यपि दक्षिण अफ्रिकाले पनि नेपाललाई लक्ष्य पूरा गर्न दिएन ।

अहिलेसम्म धेरै विकेट लिने ५ बलर

फैजलहक फारुकी-अफगानिस्तान

विकेट-१७



अफगास्तिानका तीव्र गतिका बलर फैजलहक फारुकीले जारी ट्वान्टी–२० विश्वकप क्रिकेटमा १७ विकेट लिएका छन् । उनी ट्वान्टी-२० विश्वकपको एकै संस्करणमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले श्रीलंकन लेग स्पिनर वानिन्दु हसरंगाले सन् २०२१ को ट्वान्टी–२० विश्वकपमा बनाएको १६ विकेटको कीर्तिमान तोडे । फैजलहकले ८ खेलमा २५ ओभर बलिङ गर्दा १६० रन खर्चिएका छन् । उनको औसत ९.४१ र इकोनोमी ६.३१ छ । 

९ रन खर्चिएर ५ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । यस विश्वकपमा फैजलहकले युगान्डाविरुद्ध ५, न्युजिल्यान्डविरुद्ध ४ र पपुवा न्युगिनी र भारतविरुद्ध समान ३ तथा बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध समान १ विकेट लिए । उनी अस्ट्रेलिया र वेस्ट इन्डिजसँग भने विकेटविहीन बने ।

अर्शदीप सिंह- भारत 

विकेट-१५



भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले १५ विकेटका साथ फैजलहकलाई पछ्याइरहेका छन् । अर्शदीपले ७ खेलमा २६ ओभर बलिङ गर्दा १९५ रन खर्चिएका छन् । उनको औसत १३ र इकोनोमी ७.५० छ । ९ रन खर्चिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । अर्शदीपले अमेरिकासँग ४, अस्ट्रेलिया र अफगानिस्तानसँग समान ३, बंगलादेश र आयरल्यान्डसँग समान २ र पाकिस्तानसँग १ विकेट लिए । उनी इङ्ल्यान्डसँग भने विकेटविहीन बने ।

रशिद खान-अफगानिस्तान

विकेट-१४



अफगानिस्तानका कप्तान तथा लेग स्पिनर रशिद खानले ८ खेलमा १४ विकेट लिएका छन् । रशिदले २९ ओभर बलिङ गर्दा १७९ रन खर्चिएका छन् । उनको औसत १२.७८ र इकोनोमी ६.१७ छ । १७ रन दिएर ४ विकेट लिनु रशिदको उत्कृष्ट प्रदर्शन हो । रशिदले बंगलादेश र न्युजिल्यान्डसँग समान ४, भारतसँग ३, युगान्डासँग २ र अस्ट्रेलियासँग १ विकेट लिए । उनी वेस्ट इन्डिज र पपुवा न्युगिनीसँग भने विकेटविहीन बने ।

रिशद हुसैन-बंगलादेश

विकेट-१४



बंगलादेशी स्पिनर रिशदले ७ खेलमा १४ विकेट लिएका छन् । उनले २५ ओभर बलिङ गर्दा १९४ रन खर्चिएका छन् । रिशदको औसत १३.८५ र इकोनोमी ७.७६ छ । २२ रन खर्चिएर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । रिशदले अफगानिस्तान, श्रीलंका र नेदरल्यान्ड्ससँग समान ३, भारत र अस्ट्रेलियासँग समान २ तथा दक्षिण अफ्रिकासँग १ विकेट लिए । उनी नेपालसँग भने विकेटविहीन बने ।

जसप्रित बुमराह-भारत

विकेट-१३



भारतीय तीव्र गतिका बलर बुमराहले १३ विकेट लिएका छन् । जसप्रितले ७ खेलमा २५ं४ ओभर बलिङ गर्दा २ मेडनसहित १०६ रन खर्चिएका छन् । उनको औसत ८.१५ र इकोनोमी ४.१२ छ । ७ रन दिएर ३ विकेट लिनु जसप्रितको उत्कृष्ट प्रदर्शन हो । बुमराहले पाकिस्तान र अफगानिस्तानसँग समान ३, आयरल्यान्ड, बंगलादेश र इङ्ल्यान्डसँग समान २ तथा अस्ट्रेलियासँग १ विकेट लिए । उनी अमेरिकासँग भने विकेटविहीन रहे । 

यसैगरी अफगानिस्तानका नविन उल हक, दक्षिण अफ्रिकाका एनरिच नोर्टजे, वेस्ट इन्डिजका अल्जारी जोसेफ र अस्ट्रेलियाका एडम जाम्पाले समान १३ र दक्षिण अफ्रिका कागिसो रबाडाले १२ विकेट लिएका छन् । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar