एसिसी महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । एसिसी महिला एसिया कपका लागि  नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्यो ।

बन्द प्रशक्षिणबाट रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, अस्मिना कर्माचार्य, अलिशा खडिया र अप्सरी बेगम बाहिरिएका छन् ।

यसैगरी राजमति ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । 

एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले कसरी खेल्न पायो एसिया कप

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो ।

योसँगै नेपाली महिला टोलीले तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर), पुजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, किर्तिका मरासिनी, राजमति ऐरी

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar