दीपेन्द्रको वरीयता खस्कियो

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ एक स्थान तल झरेका छन् ।  

आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र सातौं स्थानमा पुगे । दीपेन्द्र १९९ अंक प्राप्त गरे ।

श्रीलंकाका वानिन्दु हसरंगा २२२ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि शीर्ष स्थानमा रहेका अस्ट्रेलियाका मार्कस स्टोइनिस भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुगे ।

यस्तै कुशल मल्ल ३६औं स्थानमा कायम रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान सुधार गर्दै ५४ स्थानमा उक्लिए ।

यसैगरी गुल्सन झा ६९ र कुशल भुर्लेल ७१ औं स्थानमा छन् । दुर्व दुई स्थान तल झरे । करण केसी ७५औं स्थानमा यथावत छन् ।

टिम वरीयतामा भने नेपाल एक स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको छ ।

यस्तै ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ४६, रोहित ६१, आसिफ शेख ६९ औं स्थानमा यथावत छन् ।

अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा उक्लिँदा भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् ।

बलिङ वरीयतामा सोमपाल कामी ९१औं स्थान यथावत रहँदा दीपेन्द्र एक स्थान खस्किँदै ९७औं स्थानमा पुगे ।

इङ्ल्यान्डका आदिल राशिद वरीयताको शीर्ष स्थानमा कायम छन् । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar