अन्तर्राष्ट्रिय क्रिकेटबाट वार्नरको संन्यास

काठमाडौं । अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

ट्वान्टी-२० विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि वार्नरले मंगलबार १५ वर्षे अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरे ।

मंगलबार अफगानिस्तानले बंगलादेशलाई हराएसँगै पूर्वविजेता अस्ट्रेलिया ट्वान्टी-२० विश्वकपको सुपर८ बाटै बाहिरिएको थियो ।

सन् २००९ मा दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी २० खेलमार्फत अन्तर्राष्ट्रिय करिअर सुरु गरेका ३७ वर्षीय वार्नरले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सोमबार भारतविरुद्ध खेलेका थिए। यो पनि ट्वान्टी २० खेल थियो ।

वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदवसीय र ११० ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेले । उनले आफ्नो १५ वर्षे अन्तर्राष्ट्रिय करिअरमा ४९ शतक र ९८ अर्धशतकसहित १८ हजार ९९५ रन प्रहार गरे । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar