एसिसी महिला एसिया कपः उद्घाटन खेलमा नेपालले युएईको सामना गर्ने

काठमाडौं । आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपको उद्घाटन खेलमा नेपालले युएईको समान गर्ने भएको छ । 

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित तालिका अनुसार उद्घाटन खेल जुलाई १९ मा हुनेछ ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानविरुद्ध  थियो । समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले कसरी खेल्न पायो एसिया कप

एसिसीले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसिसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एसिया कप खेलाउने नियम बनाएको थियो।

तर, पछि एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितमा सहभागिता जनाउने अवसर पाएको हो ।

योसँगै नेपाली महिला टोलीले  तेस्रो पटक एसिया कपमा सहभागिता जनाउने भएको छ। नेपालले यसअघि २०१२ र २०१६ मा एसिया कप खेलेको थियो। तर, नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar