भारतको कप्तानी गिलले गर्ने

काठमाडौं । अर्को महिना घरेलु टोली जिम्बाब्वेसँग हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट बोर्डले सोमबार शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। पहिलो पटक कप्तानी जिम्मेवारी पाएका गिल भारतीय ट्वान्टी-२० टोलीकाे १४औं कप्तान बनेका छन् ।

यसैगरी नितीश रेड्डले पहिलो पटक भारतीय टोलीमा मौका पाएका छन् ।

भारतले पछिल्लो पटक जिम्बाब्वेविरुद्ध सन् २०१६ मा ट्वान्टी-२० शृंखला खेलेको थियो । तीन खेलको उक्त शृंखला भारतले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।  

पाँच खेलको शृंखला जुलाई ६ देखि १४ सम्म हरारे स्पोर्टस क्लबमा हुनेछ ।

भारतीय टाेली

शुभमन गिल (कप्तान), यशस्वी जायसवाल, ऋतुराज गायकवाड़, अभिषेक शर्मा, रिंकु सिंह, सन्जु स्यामसन (विकेटकीपरे), रवि बिश्नोई, आवेश खान, खलील अहमद, ध्रुव जुरेल (विकेटकीपर), नितीश रेड्‌डी, रियान पराग, वाशिन्गटन सुन्दर, मुकेश कुमार, तुषार देशपाण्डे

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar