अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौं । सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भयो ।  

वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा बंगलादेशले १७ं.५ ओभरमा अल आउट हुँदा मात्र एक सय ५ रन बनाउन सक्यो । बंगलादेशको इनिङ्समा तीन पटक वर्षा भएपछि खेल १९ ओभरमा छोट्टाइएको थियो ।

रसिद खानको कप्तानीमा रहेको अफगानिस्तानले बंगलादेशलाई हराउँदै ऐतिहासिक सेमिफाइनल यात्रा तय गरेको छ । अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो । हालसम्म अफगानिस्तान सुपर ८ बाट माथि बढ्न सकेको थिएन ।

सुपर ८ को समूह १ बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् । बंगलादेश र अस्ट्रेलिया सुपर ८ बाट बाहिरिए । समूह २ बाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरे । अब, फाइनल प्रवेशका लागि भारत र इङ्ल्यान्ड तथा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् ।

बंगलादेशको इनिङ्समा ओपनर लिटन दासले ४९ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए । सौम्य सरकारले १० र टोहिद हृदोयले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा बंगलादेश दबाबमा परेको थियो । 

अफगानिस्तानका कप्तान रासिद खान र नविन उल हकले समान चार विकेट लिए । यसैगरी फजलहक फारुकी र गल्बदिन नइबले समान एक विकेट हात पारे । 

अफगानिस्तानका ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे । पहिलो विकेटको लागि दुई खेलाडीबीच ५९ रनको साझेदारी भएको थियो । रासिद खानले अविजित १९ रन जोडे । अफगानिस्तानको मध्यक्रम भने चल्न सकेन ।

बंगलादेशका तिव्रगितका बलर रिसाद हुसैनले सर्वाधिक तीन विकेट लिए । यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानकाे नाममा एक विकेट रह्याे।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar