अफगानिस्तानले दियो बंगलादेशलाई ११६ रनको लक्ष्य

काठमाडौं । सेमिफाइनल सम्भावना कायम राखेको अफगानिस्तानले आइसिसी ट्वान्टी २० विश्वकपको सुपर ८ मा बंगलादेशलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

वेष्ट इन्डिजको किङ्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११५ रन बनाएको हो ।

अफगानिस्तानको इनिङ्समा ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा ३ चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे । पहिलो विकेटको लागि दुई खेलाडीबीच ५९ रनको साझेदारी भएको थियो । कप्तान रसिद खानले अविजित १९ रन जोडे । मध्यक्रम भने अफगानिस्तानको चल्न सकेन ।

बंगलादेशका तिव्रगितका बलर रिसाद हुसैनले सर्वाधिक ३ विकेट एि । तास्किन अहमेद र मुस्तफिजुर रहमानले समान एक विकेट लिए ।

अफगानिस्तान बंगलादेशलाई हराउँदै ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्ने योजनामा छ । हालसम्म अफगानिस्तान सुपर ८ बाट माथि बढ्न सकेको छैन ।

यसअघि भएको विश्वकपको भेटमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो । समूह १ बाट भारत सेमिफाइनलमा पुगिसकेको छ । अब, बंगलादेश, अफगानिस्तान र अस्ट्रेलियामध्ये एक टोलीको टुंगो लाग्न बाँकी छ ।

अर्काे समूहबाट इङ्ल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने पक्का पनि भएको छ । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar