एकदिवसीय विश्वकपको बदला ट्वान्टी २० मा

काठमाडौं । भारतले आइसिसी एकदिवसीय विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिँदै अस्ट्रेलियालाई ट्वान्टी २० विश्वकपको सुपर ८ मा हराएको छ । सन् २०२३ मा भएको फाइनलमा भारतलाई घरेलु मैदानमै अस्ट्रेलियाले ६ विकेटले हराउँदै उपाधि उचालेको थियो ।

विश्वकपको ५१औं खेलमा वेष्ट इन्डिजको सेन्ट लुसियामा भएको थियो । भारत २४ रनको जित निकाल्न सफल भयो । भारतको जितमा कप्तान रोहित शर्माले ४१ बलमा ९२ रन बनाएका थिए । बलिङमा स्पिनरद्वय अर्शदीप सिंहले तीन र कुलदीप यादवले दुई विकेट लिएपछि अस्ट्रेलियाले विशाल लक्ष्य पछ्याउन सकेन ।

जितपछि भारतले सेमिफाइनल पक्का गरेको छ । समूह १ मा अर्काे टोलीको टुंगो बंगलादेश अफगानिस्तानबीचको खेलपछि लाग्नेछ । अस्ट्रेलिया र अफगानिस्तानको समान दुई अंक छ । बंगलादेश बिना अंक पुछारमा छ । यदि बंगलादेशले अफगानिस्तानलाई हराए नेटरनरेटको आधारमा अस्ट्रेलियाको सम्भावना रहन्छ । यदि अफगानिस्तान विजयी भए ऐतिहासिक सेमिफाइनल प्रवेश गर्नेछ ।

टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ७ विकेट गुमाउँदा मात्र एक सय ८१ रन बनायो ।

ओपनर ट्राबिस हेडले ४३ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ७६ रन बनाए । कप्तान मिचल मार्सले ३७, ग्लेन म्याक्स्वेलले २० र टिम डेविभडले १५ रन बनाए । ओपनर डेविड वार्नर ६, अलराउन्डर मार्कुस स्टोइनिस २ रन बनाएपछि अस्ट्रेलिया दबाबमा आएका थियो ।

यसअघि भारतको इनिङ्समा रोहितले ७ चौका र ८ छक्कासहित ९२ रन बनाए । उनलाई मिचल स्टार्कले बोल्ड गरेका थिए । अर्का ओपनर विराट कोहली ५ बल खेल्दा डकआउट भए । हार्दिक पांड्याले अविजित २७, शिभम दुबेले २८, सुर्यकुमार यादवले ३१ र ऋषभ पन्तले १५ रनको योगदान गरे । स्टार्कसहित स्टोइनिसले समान दुइ विकेट हात पारेका थिए । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar