स्याङ्जा च्याम्पियन

काठमाडौं । स्याङ्जा अपराजित रहँदै गण्डकी प्रदेशस्तरीय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । 

पोखरा रंगशालाको क्रिकेट मैदानमा साेमबार  सम्पन्न फाइनलमा स्याङ्जाले कास्कीलाई ४५ रनले पराजित गर्यो ।

विजेता स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

स्याङ्जाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको कास्कीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । कांस्कीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्याङ्जाका लागि आकृति तिवारी, सिमाना केसी र रञ्जना साउदले समान तीन तथा ज्योत्स्निका मरासिनीले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्याङ्जाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो । स्याङ्जाका लागि कुसुम गोदारले ३१, सिमाना केसीले २४ र ज्योत्स्निकाका मरासिनीले १४ को योगदान दिए ।

कांस्कीका लागि सुशिला दिमदुङ र पुर्णिमा गुरुङले समान दुई तथा रचना चौधरी, चन्द्रमाया बराल र रिया तामाङले समान एक विकेट लिए ।

प्रतियोगितामा स्याङ्जाकी कुसुम गोदार सर्वोकृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर घोषित भइन् । उनले प्रतियोगिता भर ९७ रन बनाइन् । यसैगरी सात विकेट हात पार्दै  कांस्की चन्द्रमाय बराल उत्कृष्ट बलर चुनिइन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीमा व्यवस्थापनमा असार ७ देखि सुरु भएको प्रतियोगितामा स्याङ्जा, कास्की, पर्वत र नवलपुरको सहभागिता थियो । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar