भारतविरुद्ध जित्नै पर्ने दबाबमा अस्ट्रेलिया

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-८ मा भारतको सामना गर्दा सेमिफाइनल सम्भावना कायम राख्न अस्ट्रेलियालाई जित्नै पर्ने दबाबमा छ ।

खेल सेन्ट लुसियास्थित डारेन शामी क्रिकेट मैदानमा नेपाली समय अनुसार आज बेलुका ८ः१५ मा सुरु हुनेछ ।

सुपर-८ को ग्रुप १ मा भारत दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । समान दुई अंकका साथ अस्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  बंगलादेश अंकविहिन रहँदै पुछारमा छ ।

भारतसँग हार्दा अस्ट्रेलिया सुपर-८ बाट नै बाहिरिने सम्भावना उच्च छ । किनभने भारत र अफगानिस्तानले अन्तिम खेल जितेको खण्डमा अस्ट्रेलिया बाहिरिने छ ।

सेमिफाइनलमा पुग्न भारतलाई जित वा झिनो अन्तरको हार पर्याप्त हुनेछ । उता अफगानिस्तानलाई सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले हार्दा बंगलादेशविरुद्ध जित निकाले पुग्नेछ । तर अस्ट्रेलियाले जितेको खण्डमा अफगानिस्तान सेमिफाइनलमा पुग्न विशाल जित  निकाल्नु पर्छ ।

भारतसँग हारेको खण्डमा अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले पनि अफगानिस्तालाई हराउनु पर्छ । यो अवस्थामा समान दुई अंक हुँदा अस्ट्रेलिया नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सक्छ ।

पछिल्लो खेलमा अफगानिस्तानसँग २१ रनको हार ब्यहोर्नुले अस्ट्रेलियालाई ठूलो दबाब परेको हो । प्रमुख तीव्र गतिका बलर मिचेल स्टार्क भारतविरुद्ध टोलीमा फर्किनेछन् ।

मिचेल मार्शको कप्तानीमा रहेको अस्ट्रेलियालाई ग्लेन म्याक्सवेल, डेविड वार्नर, ट्राविस हेड, मार्कस स्टोइनिस, प्याट कमिन्स, एडम जम्पा, जोश हेजलउड जस्ता खेलाडीको साथ रहनेछ ।  

रोहित शर्माको कप्तानीमा रहेको भारत विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, जसप्रित बुमराह, कुलदीप यादव, रविन्द्र जडेजा जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।

भारत अस्ट्रेलियासँग एकदिवसीय विश्वकपको फाइनलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

ग्रुप २ बाट दक्षिण अफ्रिका शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगिसकेका छन् । ग्रुप १ को विजेताले इङ्ल्यान्ड र उपविजेताले दक्षिण अफ्रिकासँग सेमिफाइनलमा सामना गर्नेछन् । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar