वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । सेमिफाइनल दौडमा रहेको आयोजक वेष्ट इन्डिजले आइसिसी ट्वान्टी २० विश्वकपको सुपर ८ मा दक्षिण अफ्रिकालाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको हो ।

समूह दुई मा यो खेल जित्ने टोली अन्तिम चारमा प्रवेश गर्नेछ । इङ्ल्यान्ड राति अमेरिकालाई दश विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको हो । सुपर ८ मा अंकविहिन रहेको अमेरिका बाहिरिएको छ ।

वेष्ट इन्डिजको इनिङ्समा रोस्टन चेसले ४२ बलमा ५२ रन बनाए । ओपनर केली मायरले ३५, आन्द्रे रसेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । ओपनर साइ होप गोल्डेन डकआउट भएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो ।

चौथो नम्बर क्रिजमा आएका चेजले वेष्ट इन्डिजको स्कोर बनाएका हुन् । मायर र चेजबीच तेस्रो विकेटको लागि ६५ बलमा ८१ रनको साझेदारी भएको थियो ।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्न स्पिनर ताबराइज साम्सी घातक बने । उनले ४ ओभरमा २७ रन खर्चिदै तीन विकेट हात पारेका थिए । घरेलु टोलीविरुद्ध वेष्ट इन्डिजले साम्सीसँगै अर्का स्पिनर केशव महाराजालाई मैदान उतारेको थियो ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar