इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । क्रिस जोर्डनको ह्याट्रिक विकेट प्रेरित इङ्ल्यान्ड आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ । आइतबार राति सह–आयोजक अमेरिकालाई दश विकेटले हराउँदै दुई पटकको च्याम्पियन इङ्ल्यान्ड अन्तिम चारमा पुग्यो ।

वेष्ट इन्डिजमा भएको विश्वकपको ४९औं खेलमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा इङ्ल्यान्डले ९.४ ओभरमा बिना विकेट क्षती एक सय १७ रन बनाएको हो ।

सुपर ८ को समूह २ मा इंङ्ल्यान्ड र दक्षिण अफ्रिकाको समान चार अंक छ । वेष्ट इन्डिजको दुई तथा अमेरिका बिना अंक पुछारमा छ । वेष्ट इन्डिज र दक्षिण अफ्रिकाबीचका खेलबाट एक सेमिफानल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

इङ्ल्यान्डको जितमा कप्तान जस बट्लरले ३८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रन बनाएका हुन् । फिल साल्टले २१ बलमा २५ रन बनाए ।

यसअघि जोर्डनले ह्याट्रिक लिएपछि अमेरिका सस्तैमा समेटदिएको थियो । २.५ ओभर बलिङ गरेका उनले १० रन खर्चेर चार विकेट लिए । साम करन र आदिल रसिदको नाममा समान दुई विकेट रह्यो ।

ब्याटिङतर्फ अमेरिकाका नितिश कुमारले सर्वाधिक ३०, कोरी एन्डरसनले २९, हरमित सिंहले २१ रन जोडेका थिए । अमेरिकाका चार खेलाडी शुन्यमा पेभिलियन फर्किए । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar