अफगानिस्तानसँग अस्ट्रेलिया स्तब्ध

काठमाडौं । अस्ट्रेलिया आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ मा अफगानिस्तानसँग २१ रनले पराजित भएको छ । अफगानिस्तानले पहिलाे पटक अस्ट्रेलियालाई हराएकाे हाे । 

यो नितजासँगै समूह १ दुवै टोलीको दुई खेलबाट समान दुई अंक भएको छ । पहिलो खेलमा अस्ट्रेलियले बंगलादेशलाई डिएलएसका आधारमा २८ रनले हराउँदा अफगानिस्ताले भारतसँग ४७ रनको पराजय ब्यहोरेको थियो ।

सेन्ट भिसेन्टसिथत अर्नोस भेले क्रिकेट मैदानमा आइतबार अफगानिस्तानले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी कप्तान मिचेल मार्शले १२ र मार्कस स्टोइनिसले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि गल्बदिन नइबले चार, नविन उल हलकले तीन तथा अज्मतुल्लाह ओमजाइ, मोहम्मद नबी र कप्तान रासिद खानले समान एक विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङको  निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका लागि रमानुल्लाह गुर्बाजले ४९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी इब्राहिम जाद्रनले ४८ बलमा ६ चौकाको मद्दतले ५१, किरम जन्नतले १३ र मोहम्मद नबीले अविजित १० रन बनाए ।

पहिलो विकेटका लागि गुर्बाज र जाद्रनले ११८ रनको साझेदारी गरे । अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्सले ह्याट्रिक विकेट लिए । प्रतियोगितामा यो उनको लगातार दोस्रो ह्याट्रिक हो ।

कमिन्सले  १७.६ ओभरमा रसिद खान र १९.१ ओभरमा करिम जन्नतलाई डेविड वार्नर तथा १९.२ ओभरमा गुल्बदिन नइबलाई ग्लेन म्यक्सवेलबाट क्याच गराए । यस्तै एडम जाम्पाले दुई र मार्कस स्टोइनिसले एक विकोट लिए ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar