कमिन्सकाे दाेस्राे ह्याट्रिक विकेट, अफगानिस्तानले दियो १४९ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ मा अस्ट्रेलियालाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वेष्ट इन्डिजको किङ्सटावनमा टस हारेर ब्याटिङको  निम्ताे पाएकाे अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो ।

अफगानिस्तानको इनिङ्समा ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले १५.५ ओभरमा ११८ रनको साझेदारी गरेका थिए । तर त्यसपछि क्रिजमा आएका खेलाडीले ठूला सट खेल्ने प्रयास गर्दा ठूलो स्कोर बन्न सकेन ।

गुर्बाजले ४९ बलमा समान चार चौका र छक्कासहित ६० रन बनाए । जाद्रनले ४८ बलमा ६ चौकासहित ५१ र करिम जन्नतले १३ रनको योगदान गरे ।

अस्ट्रेलियाका अलराउन्डर प्याट कमिन्सले लगातार दोस्रो खेलमा ह्याट्रिक विकेट लिए । कमिन्सले  १७.६ ओभरमा रसिद खान र १९.१ ओभरमा करिम जन्नतलाई डेविड वार्नर तथा १९.२ ओभरमा गुल्बदिन नइबलाई ग्लेन म्यक्सवेलबाट क्याच गराए । यस्तै एडम जाम्पाले दुई र मार्कस स्टोइनिसले एक विकोट लिए ।

सुपर ८ मा अस्ट्रेलिया लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको थियो । समूहमा भारतको दुई खेलबाट चार अंक छ । अफगानिस्तान र बंगलादेश अंकविहिन छन् । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar