दीपेन्द्रले गल्फ जायन्टबाटै इन्टरनेसनल ट्वान्टी-२० लिग खेल्ने

काठमाडौं । युएईको इन्टरनेसनल ट्वान्टी-२० लिग टोली गल्फ जायन्टले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आगामी सिजनका लागि पनि टोलीमै राखेको छ ।

६ टिम सम्मिलित यो लिगमा गल्फ जायन्टले शुक्रबार आगमी सिजनका लागि टोलीमा राखिएको खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा दीपेन्द्र पनि अटाएका छन् ।

दीपेन्द्रले अघिल्लाे संस्करणमा पनि  गल्फ जायन्टबाटै लिग खेलेका थिए ।

दीपेन्द्रले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी-१० र क्यानाडाको ग्लोबल ट्वान्टी-२० लिग खेलिसकेका छन् । ग्लोबल ट्वान्टी-२० लिगमा उनीसम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियन बनेको थियो ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar