‘सुपर-८’मा देखिँदै छ असली क्रिकेट

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको दोस्रो चरणमा सुरु भइसकेको छ । सुरुआती २० टिमलाई चार समूहमा विभाजन गरेर भएको पहिलो चरणको खेल सकिसकेको छ । भनिन्छ, अब असली क्रिकेट सुरु हुनेछ । 

यो के अर्थमा भन्दा सुपर-८मा त्यस्ता टिमको बाहुल्य छ, जसलाई धेरै हदसम्म क्रिकेटको शक्ति मान्न सकिन्छ । अझ भनौं, ठूला टिमबीच हुने सुपर-८ का खेल अझ रोमाञ्चक र सनसनीपूर्ण बनेको छ । अब्बल दर्जाको क्रिकेट देखिएको छ ।

जतिजति बेला यो चरणमा अस्ट्रेलिया र भारत भिड्ने छन्, त्यतिबेला इङ्ल्यान्डले दक्षिण अफ्रिकाको चुनौती सामना गर्नेछ, त्यतिबेला हेर्न पाइने क्रिकेट बेग्लै रहनेछ । यही कुरा वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग भिड्दा पनि लागू हुनेछ ।

यो सुपर-८मा टिमलाई दुई समूहभा विभाजन गरिएको छ । त्यसमा आठै टिमले पहिलो खेल खेलिसकेका छन् । समूह १ मा भारत र अस्ट्रेलिया तथा समूह २ मा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले सानदार जित पाइसकेका छन् ।

पाकिस्तान र श्रीलंकाले त यसअघि ट्वान्टी-२० विश्वकपको उपाधि पनि जितिसकेका छन् । यस अर्थमा हामी यो भन्न सक्छौं, टेस्ट र एसोसिएट देशबीचको क्रिकेटको स्तर अन्तर घटेको हो त ? यसको उत्तर त्यति सजिलो पनि छैन । कम्तीमा सकारात्मक हुन भने सकिन्छ । जस्तो, नेपालकै 

भारतले अफगानिस्तानलाई ४७ रनले, अस्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा २८ रन, इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेट, दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएका थिए ।

भारत र अफगानिस्तान भिड्दै

दुवै समूहको लिग चरणका खेल सकिएपछि शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछ । यो भयो नकआउट चरणको खेल ।

सुरुआती लिग चरणका खेलमा फर्किने हो भने नेपाल जस्तो एसोसिएट देशको दृष्टिकोणबाट यो विश्वकप सानदार रह्यो । नेपालले भलै कुनै खेल जितेन, तर कम्तीमा नेपालको क्रिकेट पूरा विश्वले त हेर्यो । खासमा नेपाल खुसी हुनुपर्ने कुरा के हो भने सुपर-८ मा आफूजस्तै एसोसिएट देश अमेरिका प्रवेश गर्न सफल रह्यो अनि सुरुआती चरणमै केही खास ठुल्ठूला देश रोकिए । जस्तो कि पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंका नै ।

यी त विश्व क्रिकेटमा ठूला देश हुन् । पाकिस्तान र श्रीलंकाले त यसअघि ट्वान्टी-२० विश्वकपको उपाधि पनि जितिसकेका छन् । यस अर्थमा हामी यो भन्न सक्छौं, टेस्ट र एसोसिएट देशबीचको क्रिकेटको स्तर अन्तर घटेको हो त ? यसको उत्तर त्यति सजिलो पनि छैन । कम्तीमा सकारात्मक हुन भने सकिन्छ । जस्तो, नेपालकै खेल । नेपालले दक्षिण अफ्रिका र बंगलादेशजस्ता दुवै टेस्ट राष्ट्रविरुद्धको खेलमा आफूले सक्दो खेल्यो ।

तर, अन्त्यमा जित त हात परेन नै । त्यस अर्थमा नेपाली क्रिकेटले अझ धेरै सिक्नुपर्नेछ । अझ धेरै अनुभव बटुल्न आवश्यक छ । अर्कोतर्फ टेस्ट मान्यताप्राप्त टिमले पनि के बुझ्न आवश्यक छ भने अब एसोसिएट देशलाई सजिलै हराउने जस्ता दिन रहेन । अब प्रत्येक एसोसिएट देशलाई हराउन कडा मिहिनेत नै गर्नुपर्नेछ ।  लगभग एकपक्षीय जित-हारको दिन त गए । खासमा विश्व क्रिकेटका लागि यो सुखद पक्ष हो । यसले राम्रै सन्देश दिएको छ ।

नेपाल र दक्षिण अफ्रिका भिड्दै

त्यसो भए विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले के गर्नु पर्छ त ? यसको पनि ठ्याक्कै उत्तर छ, एसोसिएट देशलाई पनि सक्दो बढी अवसर दिनुपर्यो । एसोसिएट देशले बढीभन्दा बढी टेस्ट मान्यताप्राप्त टिमसँग खेल्ने अवसर पाउनुपर्छ ।

 भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड जस्ता देशले आफ्नो मन अलिकति ठूलो बनाउन सक्नुपर्छ र विश्व क्रिकेटमा स्थान बनाउन प्रयासरत देशलाई सहयोग गर्नुपर्छ । खासमा असली क्रिकेटको सुरुआत त यही हो नि ? होइन र ? 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar