अस्ट्रेलियाले बंगलादेशलाई हरायो

काठमाडौं । अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर ८ मा बंगलादेशलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का २८ रनले पराजित गरेको छ ।

इन्टिगुएको सर भिभियन रचार्डस क्रिकेट रंगशालामा शुक्रबार बंगलादेशले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६.२ ओभरमा कुनै पनि विकेट नगुमाइ ६४ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

करिब डेढ रोकिएपछि खेल फेरि सुरु भएको थियो । तर ११.२ ओभरमा अस्ट्रेलियाले दुई विकेट गुमाउँदै १०० रन बनाएर खेलिरहँदा पुनः वर्षा भएपछि खेल रोकियो ।

त्यसपछि खेल खेलाउन सम्भाव नभएपछि डिएलएसका आधारमा अस्ट्रेलियालाई विजेता घोषणा गरियो ।

अस्ट्रेलियाका लागि डेविड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५३ रन बनाए । यसैगरी ट्रभिस हेडले ३१ र ग्लेन म्याक्सवेलले अविजित १४ रन बनाए ।

पहिलो विकेटका लागि वार्नर र हेडले ६५ रनको साझेदारी गरे । बंगलादेशका लागि दुवै विकेट राशिद होसेनले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि कप्तान नज्मुल होसेन सान्तोले ४१, टोविड हृदोयले ४०, लिटोन दासले १६ र तस्किन अहमदले अविजित १३ रन बनाए ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिए । कमिन्सले १७.५ ओभरमा हमुदुल्लाहलाई बोल्ड गरे । १७.६ ओभरमा महेदी हसनलाई एडम जाम्पाबाट क्याच गराए । १९‍.१ ओभरमा टोहिद  हृदोयलाई जोश हेजलउडबाट क्याच गराउँदै जारी विश्वकपको पहिलो ह्याट्रिक लिए ।

यसैगरी एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar