कमिन्सको ह्याट्रिक विकेट, बंगलादेशले दियो १४१ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर प्याट कमिन्स अमेरिका र वेष्ट इनिन्डजमा जारी ट्वान्टी-२० विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेको छन् ।

बंगलादेशविरुद्ध कमिन्सले १७.५ ओभरमा पहिलो विकेटको रुपमा महमुदुल्लाहलाई बोल्ड गरे। १७.६ ओभरमा मेहदी हसनलाई एडम जाम्पाबाट क्याच गराए । १९.१ ओभरमा टोहिद हृदोयलाई जाेश हेजलउडबाट क्याच गराउँदै जारी विश्वकपको पहिलो ह्याट्रिक लिएका हुन् ।

विश्वकपको ४४ औं खेलमा बंगलादेशले ८ विकेट गुमाउँदै एक सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशको इनिङ्समा कप्तान नाज्मुल हुसेन सान्तोले ३६ बलमा ४१ रन बनाए ।

यसैगरी हृदोयले २८ बलमा ४० रन बनाउँदा लिटोन दासले १६ रन बनाए । अस्ट्रेलियाका कमिन्सले तीन तथा एडम जाम्पाले दुई विकेट हात पारेका हुन् ।

सुपर ८ को खेलमा अस्ट्रेलिया र बंगलादेश पहिलो खेल खेल्दैछन् । समूह एक मा भारतले अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेको छ ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar