भारतले अफगानिस्तानलाई हरायो

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको छ ।

विश्वकपको ४३औं खेलमा पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै एक सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अफगानिस्तान २० ओभर खेल्दा सबै विकेट गुमाएर एक सय ३४ रन मात्रै बनायो ।

भारतको जितमा ब्याटिङतर्फ सुर्यकुमार यादवले सानदार प्रदर्शन गरे । बलिङतर्फ अर्शदीप सिंह र जसप्रित बुमराहले समान तीन विकेट लिँदै दबाब बनाएका हुन् । कुलदीप यादवको नाममा दुई विकेट रह्यो ।

अफगानिस्तानको इनिङ्समा अज्मतुल्लाह ओमार्जाइले २६, जाजिवुल्लाह जर्दानले १९ र गुल्बादिन नाइवले १७ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतको लागि सुर्यकुमारले २८ बलमा ५३ रन बनाए । हार्दिक पांड्याले ३२, विराट कोहलीले २४ र ऋषभ पन्तले २० रनको योगदान गरेका हुन् ।

अफगानिस्तानका फजलहाक फारुकी र कप्तान रसिद खानले समान तीन विकेट हात पारे । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar