स्याङ्जालाई उपाधि

पोखरा । घरेलु टोली कांस्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रंगशालामा बिहिबार कांस्कीले प्रस्तुत गरेको १०८ रनको लक्ष्य स्याङ्जाले १३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

स्याङजाका लागि करण पगेनीले ३६ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ४१ रनको योगदान गरे । यसैगरी सन्दिप खत्रीले ३६, अंकित न्यौपानेले अविजित ११ र सुजन गौतमले  १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै  विकेट गुमाउँदै १०७ रनको योगफल तयार पारेको थियो ।

कास्कीका लागि सिव्रिन श्रेष्ठ  १८,अभिषेक थापाले, १७, सोहेल कुंवर र  रोहित चन्दले समान १४, कृष्ण पौडेलले १३ र विपिन खत्रीले १२  बनाए ।

विजेता स्याङ्जाले  १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित  भए । यसैगरी १५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर उत्कृष्ट ब्याटर र ९ विकेट लिएका बाग्लुङका सञ्चार निउरे उत्कृष्ट बलर चुनिए । 

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar