ट्वान्टी-२० विश्वकप खेलेर नेपाली टोली स्वदेश फर्कियाे

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । एउटा समूह राति १ बजे र अर्को समुह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विजिनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए ।

१० वर्षपछि ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपालको प्रदर्शन भने साेचेअनुरुप हुन सकेन । प्रतियोगितामा टोली जितविहिन बन्यो ।

वेस्ट इन्डिज र अमेरिकामा जारी प्रतियोगितामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनको पराजय ब्यहोरेको थियो । नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग भने अंक बाँड्यो । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar