इङ्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर ८ को आफ्नो पहिलो खेलमा साविक विजेता इङ्ल्यान्डले आयोजक वेस्ट इन्डिजविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार वेस्ट इन्डिजले प्रस्तुत गरेको १८१ रनको लक्ष्य इङ्ल्यान्डले १७.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डका लागि फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतले अविजित ८७ रनको योगदान गरे । यसैगरी जोनी बेयरिस्टोले अविजित ४८, कप्तान जोस बट्लरले २५ र मोइन अलीले १३ रन बनाए ।

साल्टले तेस्रो विकेटका लागि बेयरिस्टोसँग अविजित ९७ र पहिलो विकेटका लागि बट्लरसँग ६७ रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि  आन्द्रे रसेल र रोस्टन चेजले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ शेर्फेन रदरफोर्डले र ब्रन्डन किंगले २३ रन बनाए ।

दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ५४ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।  

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar