वेस्ट इन्डिजले दियो इङ्ल्यान्डलाई १८१ रनको लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर ८ को आफ्नो पहिलो खेलमा आयोजक वेस्ट इन्डिजले इङ्ल्यान्डसामू  १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै  १८० रनको योगफल तयार पार्यो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६ शेर्फेन रदरफोर्डले र ब्रन्डन किंगले २३ रन बनाए ।

दोस्रो विकेटका लागि चार्ल्स र पुरनले ५४ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मोइन अली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।  

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar