सुपर–८ मा दक्षिण अफ्रिकाले अमेरिकालाई हरायो

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपको सुपर ८ मा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको छ ।

सोमबार राति वेष्ट इन्डिजको नर्थ साउन्डमा भएको खेलमा पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले चार विकेट गुमाएर एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अमेरिकाले ६ विकेट गुमाउँदा मात्र एक सय ७६ रन बनाउन सक्यो ।

प्लेयर अफ दि म्याच क्विन्टन डि ककले ४० बलमा सर्वाधिक ७४ रन बनाएका थिए । जितपछि सुपर ८ मा दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ ।

अमेरिकाको इनिङ्समा आन्द्रेस गौसले ४७ बलमा समान पाँच चौका र छक्कासहित अविजित ८० रन प्रहार गरे । हर्मित सिंहले ३८ र अर्का ओपनर स्टेभन टेलरले २४ रन बनाए । कागिसो रबडाले तीन विकेट हात पारे । हर्मीत र गौसले ४३ बलमा ९१ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । 

यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाको लागि ओपनर डि ककले ४० बलमा सात चौका र पाँच छक्कासहित सर्वाधिक ७४ रन बनाएका हुन् । ऐडम मारक्रमले ४६, हेन्रिक क्लासेनले ३६ र ट्रिस्टन स्टबले २० रनको योगदान गरे ।

दोस्रो विकेटको लागि डि कक र मारक्रमले ६० बलमा एक सय १० रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पुर्याएका थिए । क्लासेन र स्टबले ५३ रनको अविजित साझेदारी गरेका हुन् । अमेरिकाको लागि सौरभ नेत्राभाल्कर र हर्मितले समान दुई विकेट हात पारे । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar