उपाधिका लागि स्याङ्जा र कांस्की भिड्ने

पोखरा  । स्याङ्जाले गण्डकी प्रदेशस्तरीय पुरुष ट्वान्टी-२० क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ ।

समूह ‘बी’ को स्याङ्जाले तीनै खेलमा जित निकाल्दै ६ अंक जोड्यो । स्याङ्जाले उपाधिका लागि बिहीबार कांस्कीको सामना गर्नेछ ।

कांस्कीले यसअघि नै समुह ‘ए’बाट फाइनलमा स्थान बनाइसकेको थियो । 

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा स्याङ्जाले नवलपुरलाई दुई विकेट पराजित गर्यो ।

नवलपुरले प्रस्तुत गरेको ७६ रनको लक्ष्य स्याङ्जाले अन्तिम ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

स्याङ्जाका लागि अनिष ताम्राकारले २२, इश्वर क्षेत्रीले २१ र प्रदीप पाण्डेले अविजित ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले तीन, दीपक डुम्रेले दुई तथा सुदिप अर्याल र स्विकार श्रेष्ठले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल तयार पार्यो । खेललाई १७ ओभरमा झारिएको थियो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ३०, कमल परियारले १८ र सुदिप अर्यालले १२ रन बनाए ।

स्याङ्जाका लागि सन्दिप खत्री, तुलसीराम भट्टराई र अंकित न्यौपानेले समान दुई तथा किरण भट्टराईले उक विकेट लिए ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar