आइसिसी ट्वान्टी-२० वरीयतामा दीपेन्द्रको सुधार

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ तीन स्थान सुधार गरेका छन् ।

आइसिसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र छैटौं स्थानमा उक्लिएका छन् । दीपेन्द्र १९९ अंक प्राप्त गरे ।

यसैगरी अस्ट्रेलियाका मार्कस स्टोइनिस २३१ अंकका साथ शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नबी भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुगे ।

यसैगरी कुशल भुर्लेलले ठूलो छलाङ मारेका छन् । उनी ४३ स्थान सुधार गर्दै ६९औं स्थानमा पुगेका छन् । 

यस्तै कुशल मल्ल ३६, कप्तान रोहितकुमार पौडेल ५६, गुल्सन झा ६७  स्थानमा छन् ।  कुशल मल्ल एक र गुल्सन ६ स्थान तल झर्दा, रोहितले ११ स्थान सुधार गरे । 

टिम वरीयतामा भने नेपाल १८औं स्थानमा यथावत छ ।

ब्याटिङ वरीयतामा आसिफ शेखले छलाङ मारेका छन् । उनी २० स्थान सुधार गर्दै ६९औं स्थानमा पुगेका छन् ।

यसैगरी  रोहित ६१औं र दीपेन्द्र ४६औं स्थानमा छन् । रोहित ६ स्थान खस्किँदा दीपेन्द्रले पाँच स्थान सुधार गरेका हुन् ।

बलिङ वरीयतामा दीपेन्द्र ९६ र सोमपाल कामी ९१औं स्थानमा छन् । दीपेन्द्रले २७ र सोमपालले आठ स्थान सुधार गरे ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar