तान्जिमलाई आइसिसीको कारबाही

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन साकिबलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा खेल शुल्कको १५ प्रतिशत जरिवाना गरिएको छ ।

किंग्सटाउनमा सोमबार भएको खेलमा तान्जिमले नेपालका कप्तान रोहितकुमार पौडेलसँग विवाद गरेका थिए ।

‘तान्जिमले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूका लागि आइसिसी आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको पाइएको छ । जुन अन्तर्राष्ट्रिय खेलका क्रममा खेलाडी, कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्ति (दर्शक सहित) सँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित छ,’ आइसिसीले भनेको छ ।

यसैगरी तान्जिमले एकडिमेरिट अंक पनि प्राप्त गरेका छन् । २४ महिनाको अवधिमा यो उनको पहिलो गल्ती हो ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar