दक्षिण अफ्रिका र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ का खेल बुधबारदेखि सुरु हुँदैछ। पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्दैछन् ।

खेल एन्टीगास्थित सर भिभीयन रिचर्ड्स रंगशालामा नेपाली समय अनुसार राती ८ः१५ सुरु हुनेछ ।

दक्षिण अफ्रिकाले समुह ‘डी’ का चारै खेल जित्दै आठ अंकका साथ शिर्ष स्थानमा रहेर सुपर आठमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई चार विकेट, बंगलादेशलाई चार रन र नेपाललाई एक रनले पराजित गरेको थियो ।

यता अमेरिका भने पहिलो सहभागितामै सुपर ८ मा पुग्न सफल भयो । अमेरिका पाँच अंकका साथ दोस्रोे स्थानमा रहेर समूह ‘ए’ बाट अगाडि बढेको हो ।

क्यानडालाई सात विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको अमेरिकाले आयरल्यान्डसँग अंक बाँड्यो । अमेरिका भारतसँग भने सात विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिका एडेन मारक्रम र अमेरिका मोनान्क पटेलको कप्तानीमा मैदान उत्रिँदै छन् । यी दुई टोली पहिलो पटक एक अर्काको सामना गर्दैछन् ।

दक्षिण अफ्रिकाका लागि क्विनटन डि कक, डेविड मिलर, एनरिन नोर्त्जे, कागिसो रबाडा, तावरेज शाम्सी जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।

यता अमेरिकालाई आरोन जोन्स, कोरी एन्डरसन, स्टेभन टेलर, सौरभ नेत्रभल्कर, अली खान जस्ता खेलाडीको साथ रहनेछ ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar