श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा श्रीलंका पाँच विकेटले विजयी भयो ।

जितसँगै श्रीलंकाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा श्रीलंका ६ विकेटले विजयी भएको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ९३ रनको लक्ष्य श्रीलंकाले २१.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि भिष्मी गुनारत्नेले ५० बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी काविशा दिलहरीले २८ रन बनाइन् ।

तेस्रो विकेटका लागि गुनारत्ने र दिलहरीले ५८ रनको साझेदारी गरे ।  वेस्ट इन्डिजका लागि करिश्मा रामहरकले दुई तथा शमिलिया शोन्टेल कोनेल र आलिया एलिनेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले ३१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो । वेस्ट इन्डिजका लागि राशदा विलियम्सले २४, एफी फ्लेचर र आलिया इलिनेले समान १६ तथा चेडियन नेसनले १२ रन बनाए ।

श्रीलंकाका लागि काविशा दिलहरीले चार, अचिनी कुलसुरिया र कप्तान चमारी अथापथुले समान दुई तथा सुगन्धिका कुमारीले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar