अफगानिस्तानको अपराजित यात्रा टुंगियो, वेष्ट इन्डिज १०४ रनले विजयी

काठमाडौं । दुई पटकको च्याम्पियन वेष्ट इन्डिजसँग १०४ रनले पराजित हुँदा ट्वान्टी २० विश्वकपअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा अफगानिस्तानको अपराजित यात्रा समाप्त भएको छ । वेष्ट इन्डिजको इनिङ्समा निकोलस पुरनले ९८ रन बनाए ।

मंगलबार बिहान विश्वकपको ४०औं खेल सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा खेलिएको थियो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले दुई सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा अफगानिस्तान १६.२ ओभरमा अल आउट हुँदा मात्र एक सय १४ रन बनाउन सक्यो । अफगानिस्तानका इब्राहिक जाद्रनले सर्वाधिक ३८, अज्मतुल्लाह ओमार्जाइले २३ र कप्तान रसिद खानले १८ रनको योगदान गरे ।

वेष्ट इन्डिजका ओबेड म्याककोयले सर्वाधिक तीन विकेट, गुडाकेश मोती र एकेअल हुसैनले समान दुई विकेट लिए ।

यसअघि वेष्ट इन्डिजको इनिङ्समा पुनरले ५३ बलमा ९८ रन बनाएका हुन् । नी सय रन बनाउने चक्करमा रन आउट हुन पुगे । त्यसक्रममा ६ चौका र ८ छक्काको वर्षा गरेका थिए । जानसन चार्सले ४३ र राभमन वापेलले २६ रनको योगदान गरे । चार्स र पूरनबीच ३८ बलमा सर्वाधिक ८० रनको साझेदारी भएको थियो ।

वेष्ट इन्डिजले २० ओभरमा पाँ विकेट गुमाउँदै २१८ रन बनाएको हो । यो विश्वकपमा बनेको सर्वाधिक रन हो । यसअघि अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २०१ रन बनाएको थियो ।

समूह ‘सी’ मा अफगानिस्तान लगातार चार खेलमा जित निकाल्दै शीर्ष स्थानमा रह्यो । अफगानिस्तान पहिलो हार बेहोर्दा ६ अंकसहित दोस्रो भयो ।  समूहबाट चार अंक जोडेको न्युजिल्यान्ड, दुई अंकको युगान्डा र बिना अंक पिएनजी बाहिरिसकेका छन् ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar