वेष्ट इन्डिजले दियो अफगानिस्तानलाई विश्वकपको कीर्तिमानी लक्ष्य

काठमाडौं । दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले अफगानिस्तानलाई जारी ट्वान्टी २० विश्वकपकै कीर्तिमानी दुई सय १९ रनको लक्ष्य दिएको थियो ।

मंगलबार बिहान विश्वकपको ४०औं खेल सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदानमा खेलिएको थियो । टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजको लागि निकोलस पुरनले ९८ रन बनाए ।

उनी सय रन बनाउने चक्करमा रन आउट हुन पुगे । उनले ५३ बलको सामना गर्दै ६ चौका र ८ छक्काको वर्षा गरेका थिए । जानसन चाल्र्सले ४३ र राभमन वापेलले २६ रनको योगदान गरे । चाल्र्स र पूरनबीच ३८ बलमा सर्वाधिक ८० रनको साझेदारी भएको थियो ।

वेष्ट इन्डिजले २० ओभरमा पाँ विकेट गुमाउँदै २१८ रन बनाएको हो । यो विश्वकपमा बनेको सर्वाधिक रन हो । यसअघि अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २०१ रन बनाएको थियो ।

समूह ‘सी’ मा अफगानिस्तान र वेष्ट इन्डिजको समान ६ अंक छ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ । एक टोलीको अपराजित यात्रा समेत टुंगिने छ । समूहबाट चार अंक जोडेको न्युजिल्यानड, दुई अंकको युगान्डा र बिना अंक पिएनजी बाहिरिसकेका छन् । 
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar