श्रीलंकाको सान्त्वना जित

काठमाडौं । श्रीलंकाले आइसिसी ट्वान्टी-२० विश्वकपमा सान्त्वना जित दर्ता गरेको छ ।

सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा सोमबार समूह चरणको आफ्नो अन्तिम खेलमा श्रींलकाले नेदरल्यान्ड्सविरुद्ध ८३ रनको सहज जित निकाल्यो ।

जितसँगै समूह ‘डी’ को श्रींलकाले चार खेलमा तीन अंक जोड्यो । पराजित नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रह्यो ।

श्रीलंकाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १६.४ ओभरमा ११८ रनमै समेटियो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१, म्याक्स ओ’डोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११ र आर्यन दत्तले १० रन बनाए ।

श्रीलंकाका लागि नुवान तुसाराले तीन, कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई तथा महेश तिक्क्षणा र डुसान सनाकाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रींलकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रनको योगफल तयार पार्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६, धनन्नजय डी सिल्भाले ३४, एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० र कामिन्दु मेन्डिसले १७ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बिकले दुई तथा भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक विकेट लिए । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar