नेपाल जितविहिन, बंगलादेश सुपर ८ मा

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल जितविहिन बनेको छ । सेन्ट भिसेन्टस्थित एमोस भेल रंगशालामा सोमबार समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भयो ।

यो नितजासँगै समूह‘डी’ को नेपालले चार खेलमा एक अकंक जोड्यो । जितसँगै चार खेलमा ६ अंकका साथ बंगलादेशले भने सुपर ८ को यात्रा तय गरेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै समेटियो ।

नेपालका लागि कुशल मल्लले २७, दीपेन्द्रसिंह ऐरीले २५ र आसिफ शेखले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

छैटौं विकटका लागि कुशल र दीपेन्द्रले ५२ रनको साझेदारी गरे । बंगलादेशका लागि तान्जिम हसन सकिबले चार, मुस्ताफिजुर रहमानले तीन, सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमै समेटियो ।

बंगलादेशका लागि सकिब अल हसनले १७, राशिद होसेन र महम्मदुल्लाहले समान १३, तस्किन अहमदले अविजित १२, जाकर अलीले १२ तथा लिटोन दासले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।

पहिलो तीनमध्ये दुई खेलमा हार भोग्नुका साथै श्रीलंकाविरुद्धको खेल वर्षाका कारण वासआउट भएपछि नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको थियो । 

अमेरिकाको डालासमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको दूर्भाग्यजनक हार भोगेको नेपालको दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा थियो । जहाँ वर्षाका कारण श्रीलंकाविरुद्धको उक्त खेल हुनै सकेन ।

एमोस भेल रंगशालामै शनिबार भएको तेस्रो खेलमा नेपाल अन्तिम बलमा दक्षिण अफ्रिकासँग एक रनले स्तव्ध भएको थियो ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar