नेपाललाई तीन विकेटको क्षति

किङसटाउन । बंगलादेशविरुद्ध ट्वान्टी २० विश्वकप समूह चरणको अन्तिम खेलमा नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको छ । तिब्र गतिका बलर तान्जिम हसन साकिबले नेपालका ओपनर कुशल भुर्तेललाई तेस्रो ओभरको दोस्रो बलमा बोल्ड गरेका थिए भने चौथो बलमा अनिल शाहलाई नाजमुल हसनको हातबाट क्याच गराएका थिए । 

९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले रन नथप्दै दोस्रो विकेट पनि गुमाएको थियो । अनिल शाह सुन्य रनमै पवेलियन फर्किँदा भुर्तेलले आठ बलमा एक चौकासहित चार रन बनाएका थिए ।  

अनिल आउट भएपछि क्रिजमा आएका कप्तान रोहित पोडेललाई तान्जिमले पाँचौं ओभरको दोस्रो बलमा रिशाद हुसेनको हातबाट क्याच गराएका थिए । जारी खेलमा तान्जिमको यो तेस्रो विकेट हो ।  पाँच ओभरको खतेल सकिँदा नेपाल तीन विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ । नेपालका लागि क्रिजमा ओपनर आसिफ शेख र सन्दीप जोरा डटिरहेका छन् । 

तस्बिरः देवेन्द्र सुवेदी/किङसटाउन 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar