बंगलादेशले दियो नेपाललाई १०७ रनको लक्ष्य

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा बंगालदेशले नेपालसामू रनको लक्ष्य १०७ प्रस्तुत गरेको छ ।

सेन्ट भिसेन्टस्थित एमोस भेल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमै समेटियो ।

बंगलादेशका लागि सकिब अल हसनले १७, राशिद होसेन र महम्मदुल्लाहले समान १३, तस्किन अहमदले अविजित १२, जाकर अलीले १२ तथा लिटोन दासले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।

पहिलो तीनमध्ये दुई खेलमा हार भोग्नुका साथै श्रीलंकाविरुद्धको खेल वर्षाका कारण वासआउट भएपछि नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ ।

तथापि टेस्ट टोलीविरुद्ध पहिलो जित निकाल्ने उद्देश्यका साथ प्रतिष्ठाका लागि बंगलादेशविरुद्ध डटिरहेको छ ।

अमेरिकाको डालासमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटको दूर्भाग्यजनक हार भोगेको नेपालको दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा थियो । जहाँ वर्षाका कारण श्रीलंकाविरुद्धको उक्त खेल हुनै सकेन ।

एमोस भेल रंगशालामै शनिबार भएको तेस्रो खेलमा नेपाल अन्तिम बलमा दक्षिण अफ्रिकासँग एक रनले स्तव्ध भएको थियो । प्रतियोगितामा अगाडि बढ्नका लागि अर्थ नरहे पनि नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो खेल निक्कै महत्वपूर्ण छ ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar