ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सन्दीपको १०० विकेट पूरा

काठमाडौं । नेपाली स्पिन सन्दीप  लामिछानेले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आफ्नो १०० विकेट पूरा गरेका छन् ।

आइसिसी ट्वान्टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध दुई विकेट हात पारेसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीपले आफ्नो १००औं सिकारका रूपमा जाकर अलीलाई बोल्ड गरे । त्यसअघि उनले टोविड हृदयलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका थिए ।

सन्दीप यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी हुन् । समग्रमा भने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा कम खेलमै १०० विकेट पूरा गर्ने उनी दोस्रो खेलाडी हुन् । सन्दीपले  १०० विकेटका लागि ५४ खेल खेल्दा अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिएका छन् ।

तस्बिरहरुः देवेन्द्र सुवेदी/किङसटाउन

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar